गाउँपालिकामा भिडियो एक्स–रे सेवा शुरु
डोटी /पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे ९युएसजी० तथा एक्स–रे सेवा शुरु गरेको छ ।
एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा शुरु गरेको छ । पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।
उनले भने, “पालिकामा भिडियो एक्स–रे नहुँदा नागरिकलाई निकै समस्या भएको थियो, नागरिकले घरैमा सेवा पाउन उपचारका लागि अन्यत्र जानु नपरोस् भनेर सेवा शुरु गरेका छौँ, सबै नागरिकले सहज सेवा पाउनु हुने छ ।” भिडियो एक्स–रे सेवा शुरु भएपछि यहाँका पेटसम्बन्धी बिरामीहरु, गर्भवती, पत्थरी तथा मिर्गौलासम्बन्धी, पित्तथैली र हड्डीसम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीको उपचार गर्न सहज हुने पालिकामा कार्यरत डा अङ्कित रेग्मीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस