डब्ल्यूएचओका महानिर्देशकले गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका छन् ।
असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरुमाझ भाइरल भइरहेको यो दृश्यलाई डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै उच्च प्रशंसा गरेका हुन् । ‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ महानिर्देशक टेड्रोसले भनेका छन्, ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’खोपको समान वितरणको वकालत गर्दै आएका टेड्रोसले भनेका छन्, ‘खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने ?’
मुस्ताङको लेतेमा असार १ गते कोरोना खोपको दोस्रो डोज लाउने तालिका थियो । स्थानीय स्वास्थ्यचौकीमा ६० बर्षमाथिका जेष्ठ नागरिकलाई बोलाइसकिएको थियो । तर, कोल्डस्टोरमा रहेको खोप ढुवानी गर्ने क्रममा स्थानीय छापताङ खोलामा बढेर आयो । गाडी तार्न सक्ने अवस्था नभएपछि गाडी चालक र स्वास्थ्यकर्मीले लठ्ठीको सहाराले खोप राखिएको बाकस तारे ।
यो दृश्यलाई स्थानीय स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले खिचेकी थिइन् । सामाजिक सञ्जलामा चर्चामा रहेको यही भिडियो डब्लुएचओका महानिर्देशकले ट्वीट गरेका हुन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस