तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग
काठमाडौँ / काठमाडौँको तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको छ । जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो । उक्त सामग्री काठमाडौँ महानगरपालिका–१६ को समन्वयमा हस्तान्तरण गरिएको छ ।
तारकेश्वरको साङ्लामा स्थापना गरिएको कोभिड–१९ आइसोलेशन केन्द्रमा प्रयोग गर्नका लागि आइतबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नगरप्रमुख बोहोराले कोरोना महामारीको विषम परिस्थितिमा कोभिड–१९ सङ्क्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष रिजालले उक्त स्वास्थ्य सामग्री जनमैत्री अस्पतालका लागि पठाइएको भए पनि जनमैत्री अस्पतालभन्दा तारकेश्वरलाई आवश्यक परेकाले नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उक्त सामग्री लालीगुँरास परिवारका अध्यक्ष टेक थापालगायत कार्यसमितिको अग्रसरतामा खरिद गरेर गैरआवासीय नेपाली सङ्घमार्फत नेपाल पठाइएको थियो । विगतमा पनि लालीगुराँस परिवारले नेपालमा परेका विभिन्न समस्यामा सहयोग गर्दै आएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस