अभियान बन्दै जन्मदिनमा रक्तदान
चितवन / वर्षैभर रगतको अभाव हुने यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पु¥याउन रक्तसञ्चार केन्द्रलाई मुस्किल पर्ने गर्दछ । कतिपयले आफन्त र चिनेजानेकासँग अनुरोध गरेर मिल्दो समूहको रगत प्रशोधन गरेर लिने गर्दछन् ।
आफ्नो ४२ औँ जन्मदिनका अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज सबेरै रक्तदान गरे । त्यसो त उनले आफ्नो रगतलाई प्रशोधन गर्न लाग्ने रु ८५० पनि आफैँले तिरे । उनले जन्मदिनमा रक्तदान गरेको यो छैठौँ वर्ष हो । उहाँले अहिलेसम्म ५० पटक रक्तदान गरिसकेका छन् । उनले भने, “मिल्ने जति सबैले जन्मदिनमा मात्रै रक्तदान गरे पनि अभाव पूर्ति हुन्छ ।” आफ्नो शरीरले मिलेसम्म बाँचुन्जेल रक्तदान गर्ने उनको भनाइ छ । “यस अभियानमा सबैलाई जुट्न म अनुरोध गर्दछु”, उनले भने ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार केही दिनअघि नेपाली कांग्रेसका युवा नेता आनन्द राउतले आफ्नो जन्मदिनमा रक्तदान गरेर लाग्ने प्रशोधन खर्च पनि तिरेका थिए । उनको रगत एक बिरामीले निःशुल्क पाएको पौडेलले बताए ।
विगतका वर्षदेखि नै सामाजिक अभियानमा राउत पनि सक्रिय रहेको पौडेलले बताए। यकिन तथ्याङ्क नभए पनि यसरी जन्मदिनको दिन रक्तदान गर्न आउनेहरू बढेको उनको भनाइ छ ।
रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि पौडेल राजनीति दल र तिनका भ्रातृ र शुभेच्छुक सङ्घ सङ्गठनसँगै विभिन्न संस्थाको सहकार्यका कारण रगत आपूर्ति गर्न सहज हुँदै आएको बताए । जन्मदिनको दिन रक्तदान गर्ने प्रचलन बढेको भन्दै उहाँले सबैलाई साथ र सहयोगका लागि अनुरोध गरे ।
जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँका सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा रगतको माग हुने गर्दछ ।
क्यान्सरका बिरामी, ठूलो सङ्ख्यामा हुने प्रसूति, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया यहाँ हुने भएकाले रगतको माग बढी भएको हो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ, पोखरा लगायतका ठूला शहरमा पठाउने गरेको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट यहाँ ल्याउनु पर्ने अवस्था आएको बताए । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गर्दछ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस