नेपाललाई कोरोनाविरुद्धको खोपः प्रतिबद्धता जनाए, सुनिश्चितता गरेनन्
काठमाडौं / कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले ९कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत० खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।
खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफंै मन्त्रीबाट हटिसकेका छन् ।
ज्ञवाली हटेपछि परराष्ट्रमन्त्री नियुक्ति भएका रघुवीर महासेठले एक सार्वजनिक कार्यक्रममा अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताएका थिए । तर, सो खोप आउने÷नआउने अन्योल छ ।
यस्तै,तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि केही दिनमा खोपसम्बन्धी सुखद् समाचार आउने राजधानीलाई बताएका थिए । मन्त्रीबाट पदमुक्त भएपछि बुधबार उपलब्धि सार्वजनिक गर्दै निवर्तमान स्वास्थ्यमन्त्री तामाङले केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका थिए । तर, खोप कहिले आउने कति मात्रामा आउने केही खुलाएका थिएनन् ।
राजधानी दैनिकीबाट
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस