अति विपन्नलाई एम्बुलेन्स भाडामा पूर्ण छुट
दमौली / व्यास–१०स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । सोसाइटीले विभिन्न सङ्घसंस्था, व्यक्ति, आमा समूह, टोल विकास संस्था, देशविदेशमा रहेका नेपालीबाट प्राप्त चन्दा सङ्कलनबाट सामुदायिक एम्बुलेन्स खरीद गरी सञ्चालनमा ल्याएको हो ।
टोल वा वडाले अति विपन्न भनी सिफारिस गरेको अवस्थामा सत प्रतिशत छुटको व्यवस्था गरिएको सोसाइटी उपशाखाले जनाएको छ । कोभिड प्रभावित बिरामी, अपाङ्गता भएकालाई जुनसुकै अस्पातलमा लैजानु परे पनि लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको सोसाइटीले जनाएको छ । समाजमा सुपथ मूल्यमा एम्बुलेन्स उपलब्ध गराउने भएपछि सर्वसाधारणमा खुशी छाएको छ । सुत्केरी महिलाको हकमा अस्पतालमा सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ एम्बुलेन्समा लाग्ने शुल्कमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
अन्य सेवा सुविधाका लागि सोसाइटीले निर्देशिका बनाएर थप प्रदान गरिने निणर्य भएको शाखाका सभापति रामदत्त पौडेलले जानकारी दिनुभयो । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ विसं ०७७ भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनदेखि आर्थिक सङ्कलन अभियान शुरु गरिएको थियो ।
हालसम्म नगद तथा कबोल गरेको समेत गरी रु २९ लाख नौ हजार ७५० सङ्कलन भएकामा एम्बुलेन्स खरिदमा रु १३ लाख ६६ हजार ३६० खर्च भएको छ । बी ग्रेड किसिमको एम्बुलेन्स सञ्चालन गर्ने योजना रहे पनि समय लाग्ने भएकाले तत्काललाई सी ग्रेडको बनाएर सञ्चालनमा ल्याइएको अभियानका अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताउनुभयो । जिल्लाको ऋषिङको कोटदरबार र देवघाट गाउँपालिका रेडक्रस सोसाइटी उपशाखाले एम्बुलेन्स सञ्चालन गरिसकेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस