निद्रा कम हुँदा स्मरण शक्तिमा पर्ने असर
सुत्ने र उठ्ने समयको तालमेल नहुँदा दैनिक जीवनमा मात्र नभई स्मरण शक्तिमै असर पर्ने मनोवैज्ञानिकहरूले बताएका छन् । नियमित रुपमा निद्रामा गढबढी हुँदा गम्भीर स्वास्थ्य समस्या हुने उनीहरूको अध्ययनको निष्कर्ष रहेको छ ।
अनिद्राको सम्बन्ध उच्च रक्तचाप, हृदयाघात तथा स्ट्रोकजस्ता रोगसँग छ । अनिद्रा हुने व्यक्तिले अक्सर डिप्रेसनको सिकार भएको गुनासो गर्छन् । चिकित्सकहरूले नियमित निद्राको समय एक घन्टा पनि फरक परे त्यसले बिहान निकै असर गर्ने बताएका छन् ।
चीनको जर्नल एल्सवियर प्रकाशनले गरेको निद्रासम्बन्धी एक अनुसन्धानात्मक यो प्रतिवेदनअनुसार अनिद्रा हुने व्यक्ति अक्सर जीवनबाट दिक्क लागेर आत्महत्या गर्नेजस्तो विचारसमेत मनमा राख्ने गर्छन् । राति नियमित सात–आठ घन्टा नसुत्ने व्यक्तिमा यस्तो खराब विचार आउने प्रतिवेदनमा उल्लेख छ । यो पब्लिकेसनले ४२ हजार व्यक्तिमाथि अध्ययन गरेको जनाएको छ ।
यदि एक व्यक्ति आफ्नो नियमित समयभन्दा एक घन्टा पनि ढिलो सुत्न गए उसलाई भविष्यमा हट एट्याक हुने सम्भावना २४ प्रतिशत बढी हुन्छ । यसैगरी, ओपन हर्ट जर्नलका अनुसार प्रतिदिन निद्राको टाइमिङ फरक हुँदा हृदयाघातको सम्भावना अधिक रहने हुन्छ ।
स्वास्थ्य अनुसन्धानलाई जोड दिने जर्नल जामा पब्लिकेसनको एक अध्ययनअनुसार कुनै व्यक्ति २४ घन्टामध्ये केवल चार घन्टा मात्रै सुत्छ भने त्यस्ता व्यक्ति छिटै बूढो देखिन्छ ।
अर्थात्, समान्य उमेरभन्दा १० वर्ष बढी जस्तो देखिन सक्छ । ‘अनिद्राकै कारण ४० वर्षको मानिस पनि ५० को वर्षजस्तो देखिन्छ,’ जामाको रिपोर्टमा उल्लेख छ ।
जर्नल स्लिप हेल्थ पब्लिकेसनले कोरोना भाइरसविरुद्धको खोप लिएका व्यक्तिको निद्रा राम्रो हुनुपर्ने जनाएको छ । कोरोनाको खोप लिएका व्यक्तिको निद्रा राम्रो छैन भने उसको शरीरको एन्टिबडी उत्पादन शक्ति ५० प्रतिशत ह्रास आउने जर्नल स्लिपमा उल्लेख छ ।
यसैगरी, सेन्ट फर ह्युमन स्लिप साइन्सले दैनिक ६ घन्टा मात्र सुत्ने व्यक्तिलाई अल्जाइमर रोग लाग्न सक्ने बताएको छ । यसैगरी, नेसनल लाइब्रेरी अफ मेडिसिनको हालै प्रकाशित भएको रिसर्चअनुसार कम सुत्ने व्यक्तिको इम्युनिटी शक्ति तीन गुणा कम हुने जनाइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस