• जीवनशैली | Jiwanshaili
  • धौलागिरि अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट


    बागलुङ । बागलुङको धौलागिरि अस्पताल गण्डकी प्रदेशकै उत्कृष्टमा छनोट भएको छ ।

    गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा तीन पटकसम्म गरेको मूल्यांकनमा धौलागिरि अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा शर्त मापनमा ५० वेड क्षमताको भएका तीन अस्पताल मध्ये धौलागिरि अस्पताल उत्कृष्ट भएको हो ।

    त्यस्तै गण्डकी प्रदेशस्तरीय जिल्ला अस्पतालमा भने पर्वत जिल्ला अस्पताल उत्कृष्ट बनेको छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार