जीवन रक्षा कोषको निरन्तरता
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता दिइएको बताएका छन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशकसहित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँगको छलफलमा उहाँले सरकारको नीति तथा कार्यक्रममा यो कोषलाई निरन्तरता दिने गरी प्रतिबद्धता आइसकेको जानकारी दिए ।
प्रदेशभित्रका कोभिडबाट प्रभावित साना तथा मझौला व्यवसायीको राहतका लागि यो कार्यक्रम आएको र यसले तीन वर्षसम्म निरन्तरता पाउने उनले बताए । परम्परागत रुपमा ऋण लिने तरिकामा परिमार्जन गरी सहज बनाउन आग्रह गर्दैै उनले साना व्यवसायीलाई लक्षित कार्यक्रम भएकाले त्यसै अनुसार प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए ।
निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले प्रदेश सरकारले एक अर्ब लगानी गर्दा बैंक तथा वित्तीय संस्थाबाट रु आठ अर्बको हाराहारीमा लगानी हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताए । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद भट्टराईले शुरुमा कार्यविधिका कारण केही असहज भए पनि अहिले भने प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन भएको बताए। यस कार्यक्रमका लागि छ हजार ७७८ निवेदन परेको र रु सात अर्ब ६६ करोड माग भएको र त्यसमध्ये रु चार अर्ब ५४ करोडका लागि पूर्व सहमति प्राप्त भइसकेको उनले जानकारी दिए ।
कोभिड–१९ ले पर्यटन, यातायात, कृषि उत्पादन तथा सेवालगायतका क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारले जीवन रक्षा कोष सञ्चालनमा ल्याएको हो । यसका लागि चार शीर्षक बनाएर कर्जा प्रवाह गरिएको छ । न्यूनतम् रु ५० हजारदेखि १५ लाखसम्म कर्जा उपलब्ध गराउने र त्यसको ब्याज प्रदेश सरकारले बेहोर्ने गरी कार्यविधि बनाइएको छ । कर्जाको अधिकतम् अवधि तीन वर्ष तोकिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस