घमौरा आएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपायहरू
काठमाडौं । गर्मी मौसममा धेरै जसो मानिसलाई घमौरा आउने समस्याले सताउँछ । घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन् । फहोर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरणनै घमौरा आउने मुख्य कारण हुन् । घमौरा नराम्रोसँग चिलाउने गर्छ र त्यसैबाट घाउ हुने सम्भावना पनि हुन्छ ।
घमौराबाट बच्न यी उपाए अपनाउनुहोस् :
घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ ।
– घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ ।
– घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ ।
–बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।
–घमौरा आएको ठाउँमा मेहदीको लेप लगाउँदा केही दिनमै घमौरा हराउँछ । साथै, नुहाउने बेलामा मेहदीका केही पत्ता पिसेर पानीमा मिसाउने र त्यही पानीले नुहाउँदा पनि राहत मिल्छ ।
–नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।
–तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ ।
–लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।
–घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ ।
–नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस