• जीवनशैली | Jiwanshaili
  • चीनबाट आउने भयो खरिदको खोप


    काठमाडौं । नेपालले चीनसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप २४ असारबाट आउने भएको छ । त्यसपछि साप्ताहिक रुपमा चरणवद्ध खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको संझौताअनुसार २४ असारबाट आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ, मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    स्रोतकाअनुसार खोप लिन २४ असारमा नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदैछ । चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने सरकारले खुलाएको छैन ।

    नयाँ पत्रिका


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार