• जीवनशैली | Jiwanshaili
  • रेमसिभिर उत्पादनसँगै कोरोना उपचार सहज


    काठमाडौँको कोटेश्वर बस्ने भगवान पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर हुँदै गयो । उनलाई राजधानीको मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यकर्मीहरूले तत्काल रेम्डेसिभिर व्यवस्था गर्न भनेपछि उहाँका छोरा ईश्वर पौडेलले रेम्डेसिभिरका लागि धेरै ठाउँ चहारे, नेताहरूलाई भनसुन गरे । जति मूल्यमा पनि खरिद गर्न तयार हुनुभयो तर बजारमा रेम्डेसिभिर अभावका कारण पाउन सक्नुभएन । त्यसको केही दिनपछि बुवाको निधन भयो ।

    चिकित्सकले भनेको बेला रेम्डेसिभिर पाउन सकेको भए बुवालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई अहिले पनि लागिरहन्छ । चिकित्सकले खोजेको औषधि नपाउँदा धेरै सङ्क्रमितले ज्यान गुमाए । रेम्डेसिभिरको चरम अभावको बेला औषधि व्यवस्था विभागको स्वीकृतिमा आयान हेल्थ केयरले बङ्गलादेशबाट ठूलो परिमाणमा रेम्डेसिभिर ल्याएको थियो । कोरोनाको चर्को महामारीमा रेम्डेसिभिर पाउनु भनेको ठूलो युद्ध जितेजस्तो हुन्थ्यो ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा। प्रदीप ज्ञवालीले रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’ हुन नसकेको बताए । उनले नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन हुन सक्ने भन्दै त्यो विषयमा छलफल भइरहेको जानकारी दिए । अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसंँग छलफल भइरहेको जानकारी दिँदै उनले नीति परिवर्तन गरेर खोप उत्पादन गर्न सकिने बताए । जनशक्ति टेक्नोलोजी ट्रान्सफर भएको अवस्थामा नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन हुने दाबी डा. ज्ञवालीले गरे ।

    आयान हेल्थ केयरका प्रमुख डा। अबुल अन्सारीले कोरोना सङ्क्रमण तीव्र भएको अवस्थामा रेम्डेसिभिरको चरम अभाव रहेको जानकारी दिनुभयो । त्यो बेला रेम्डेसिभिर पु¥याउन धेरै ठूलो सकस परेको जानकारी दिँदै उनले अहिले त्यो अवस्था नरहेको बताए । आयान हेल्थ केयरले मात्र ४० हजार भायल रेम्डेसिभिर बङ्गलादेशबाट ल्याएको जानकारी दिँदै उनले तीमध्ये अहिले पनि तीन हजार मात्रा बाँकी रहेको बताए ।

    • आजको गोरखापत्र दैनिकबाट

     


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार