• जीवनशैली | Jiwanshaili
  • लामो समय कम्प्युटरमा काम गर्नुहुन्छ ? यी खानेकुरा खाने गर्नुहोस्


    काठमाडौं । लामो समय कम्प्युटरमा एकोहोरो काम गर्दा शरीरका विभिन्न भागमा असर गरिरहेको हुन्छ । कम्प्युटरमा लामो समय काम गर्दा बढी असर आँखामा पारिरहेको हुन्छ । लामो समय कम्प्युटरमा काम गर्दा शरीरको अन्य भागमा पनि विभिन्न किसिमका समस्याहरू देखा पर्ने गर्छ । कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिको शरीरमा बोसोको मात्रा बढेर मोटोपन पनि भइरहेको हुन्छ । यो बाहेक नशा र ढाड कम्मर सम्बन्धी विभिन्न किसिमका समस्याहरू पनि देखा पर्ने गर्छ ।

    यदि कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिहरूमा आँखामा मात्र समस्या हुँदैन । एकै स्थानमा लामो समय बसेर काम गर्दा मोटोपनसमेत देखिन सक्छ । त्यसैले कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिहरूले आफ्नो दैनिक खानपिनमा यस्ता किसिमका खानेकुराहरू समावेश गर्दा विभिन्न किसिमका समस्याहरूलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।

    केरा

    एकै स्थानमा बसेर लामो समय काम गर्दा बेग्लैबेग्लै किसिमको थकान महसुस हुने गर्छ । त्यसैले लामो समय कम्प्युटरमा काम गर्नुहुन्छ भने केराको नियमित सेवन गर्ने गर्नुहोस् । केरामा पोटासियम पाइन्छ । यसले शरीरमा ऊर्जा प्रदान गर्ने हुनाले कम्प्युटरमा लामो समय काम गर्नुहुन्छ भने बेलाबेलामा केराको सेवन गर्नु राम्रो मानिन्छ ।

    दही

    दहीमा प्रो–बायोटिक ब्याक्टेरियाको मात्रा धेरै पाइन्छ । यसमा पाचन क्रियालाई बलियो बनाउने राम्रो ब्याक्टेरियाहरू पाइन्छ । कम्प्युटरमा लामो समय बसेर काम गर्दा खाएको खानेकुराहरू राम्ररी नपच्ने समस्या समेत देखिन्छ । खानेकुराहरू राम्ररी पचेन भने कब्जियतको समस्या देखा पर्छ । यस्तै गरी ग्याँस बन्ने समस्या पनि देखिन्छ । त्यसैले यदि तपाई लामो समय कम्प्युटरमा बसेर काम गर्नुहुन्छ भने आफ्नो भोजनमा अनिवार्य रूपमा दहीलाई समावेश गर्नुपर्छ ।

    स्याउ

    एकै स्थानमा बसेर लामो समय काम गर्दा पाचन प्रक्रिया सजिलो हुदैंन । त्यसैले लामो समय कम्प्युटरमा बसेर काम गर्ने गर्ने गर्नु भएको छ भने आफ्नो खानपिनमा स्याउलाई पनि समावेश गर्नु राम्रो हुन्छ । स्याउमा फाइबरको मात्रा प्रशस्त हुने हुनाले यसले खानालाई राम्ररी पचाउन मद्दत गर्छ । नियमित स्याउको सेवनले एकै स्थानमा लामो समय बसेर हुने ग्याँसको समस्यालाई पनि कम गर्छ ।

    दूध

    कम्प्युटरमा लामो समय काम गर्ने गर्नु भएको छ भने तपाईँले आफ्नो खानपिनमा दूधलाई पनि अनिवार्य रूपमा समावेश गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । दूधमा भिटामिन ए, प्रोटिन लगायत विभिन्न पोषक तत्त्वहरूको मात्रा प्रशस्त हुन्छ । यसले आँखाको रोशनी बढाउन मद्दत गर्छ । त्यसैले कम्प्युटरमा लामो समय बसेर काम गर्ने गर्नु भएको छ र आँखामा कुनै किसिमको समस्या नआओस् भन्ने चाहनु हुन्छ भने तपाईँले आफ्नो भोजनमा दूधलाई अनिवार्य समावेश गर्नु होला ।

    हरियो धनियाँ

    कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिहरूले आफ्नो खानपानमा हरियो धनियाँलाई पनि समावेश गर्नुपर्छ । हरियो धनियाँमा क्यारोटीनोइड नामक पदार्थ पनि पाइन्छ । यसले आँखाको ज्योतिलाई बढाउने काम गर्छ । त्यसैले कम्प्युटरमा लामो समय काम गरेर आँखामा हुने समस्यालाई कम गर्न हरियो धनियाँको सेवन गर्नु राम्रो मानिन्छ ।

    कागती पानी

    कम्प्युटरमा लामो समय रहेर काम गर्दा शरीरमा थकान महसुस हुन सक्छ । त्यसैले कम्प्युटरमा बसेर लामो समय काम गर्ने गर्नु भएको छ भने कागती पानीको सेवनलाई अनिवार्य रूपमा गर्ने गर्नुहोस् । कागती पानीको सेवनले शरीरको थकानलाई कम गर्न मद्दत गर्नुका साथै एकै स्थानमा बसेर काम गर्दा भएको मोटोपनलाई पनि नियन्त्रणमा राख्ने काम गर्छ ।

    डार्क चकलेट

    कम्प्युटरमा लामो समय काम गर्नुहुन्छ भने तपाईँले आफ्नो खानपिनमा डार्क चकलेटलाई समावेश गर्नु राम्रो हुन्छ । डार्क चकलेटमा एन्टि अक्सिडेन्टको मात्रा रहेको हुन्छ । यसले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने काम गर्छ । यो बाहेक लामो समय कम्प्युटरमा बसेर काम गर्ने क्रममा ढाडमा विभिन्न समस्याहरू देखा पर्न पनि सक्छ । यस्ता किसिमको दुखाइबाट राहत पाउन डार्क चकलेटले धेरै नै मद्दत गर्छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार