• जीवनशैली | Jiwanshaili
  • पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर


    गैरआवासीय नेपाली सङ्घ९एनआरएनए०को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो ।

    वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को शिसाखानी स्वास्थ्य चौकी, वडा नं ४ को जलजला स्वास्थ्य चौकी, वडा नं ८ को रणसिंहकिटेनी स्वास्थ्य चौकी र वडा नं ९ को दर्लिङ स्वास्थ्य चौकीको लागि एक÷एक थान मेसिन उपलब्ध गराइएको थियो । मेसिन हस्तान्तरण कार्यक्रममा सभापति कुँवरले विकट वस्तीमा सेवा पु¥याउने उद्देश्यले नागरिक दायित्व वहन गरेर सहयोग गरिएको बताए । गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेल, नेकपा ९एमाले० बडिगाडका अध्यक्ष गुणनिधि घिमिरे, नेपाल महिला सङ्घका दिलमाया पौवीलगायतले अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध भएपछि कोरोना सङ्क्रमणको उपचारमा सहज हुने बताए।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार