स्वास्थ्य केन्द्रका लागि स्थानीयले दिए निःशुल्क जग्गा
यहाँका स्थानीयवासीले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बिहीबार पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेका हुन् ।
सेतीदेवीको नाममा रहेको दुई आना तीन दाम र चूडामणिको नाममा १० आना तीन दाम क्षेत्रफल भएको जग्गाधनी प्रमाणपूर्जा पुतलीबजार नगर प्रमुख सीमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । दुवै जनाले मालपोत कार्यालय स्याङ्जाबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा जग्गा पास गरिदिएर सहयोग गरेकामा पोख्रेल परिवारप्रति नगरप्रमुख क्षेत्रीले धन्यवाद व्यक्त गरे ।
“दाताहरुले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने उद्देश्यका साथ नगरपालिकालाई निःशुल्क जग्गा उपलब्ध गराएकोमा आभार व्यक्त गर्दछु”, नगरप्रमुख क्षेत्रीले भने, “प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयवासीका लागि आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई विस्तार गरिने छ ।”
सबैलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न सकेमा सानो उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विश्वास वडाध्यक्ष ओमबहादुर खड्काको छ । दाताहरुबाट प्राप्त जग्गामा छिटोभन्दा छिटो भवन निर्माण गर्ने र आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन गरी सञ्चालन गरिने उहाँको भनाइ थियो ।
स्वास्थ्यजस्तो संवेदनशील संस्था गाउँ ठाउँकै नजिकै भए कोही कसैले पनि अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने पवित्र उद्देश्यका साथ जग्गा उपलब्ध गराइएको जग्गादाताद्वयले बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस