सरकारले चीनबाट किनेको कोरोनाविरूद्धको खोप नेपाल आइपुग्यो
सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ।
शुक्रबार बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपुर्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।
सरकारले भेरोसेल खोप ल्याएको हो। खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो।
६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो।
खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ। असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल तालिका छ।
सरकारले करिब ४० लाख खोप चीनबाट ल्याउन लागेको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस