यी उपाय अपनाउनुहोस् , हुँदैन् कपाल झर्ने र टुक्रिने समस्या
काठमाडौँ । कपाल झर्ने र टुक्रिने समस्या आजभोलि आज ठुलो समस्या बनिसकेको छ। खासगरी महिला यो समस्याबाट गुज्रिने गर्छन्। कपाल कोर्दा होओस् वा नुहाउँदा हरेक पटक कपाल हातमा आइहाल्छ। जसका कारण कपाल कमजोर वा पातलो हुनथाल्छ।
प्राय महिलाले यस्तो समस्याबाट छुटकारा पाउनका लागि हर उपाय तथा प्रोडक्टको प्रयोग गर्ने गरेका छन्। तर पनि कपाल झर्ने समस्याबाट छुटकारा पाउन सकेका छैनन्। आज हामी तपाईलाई कपाल झर्न रोक्ने केही उपायका बारेमा जानकारी दिदैछौँ। जुन उपायको प्रयोगबाट कपाल झर्ने र टुक्रिने समस्या सधैँका लागि हट्नसक्छ।
बपाल बाँधेर सुत्नुहोस्
हरेक दिन सुत्नुअघि कपाल बाँधेर सुत्नुहोस्। यसो गर्दा तपाईको कपाल लट्टीने समस्या हुँदैन्। तर यो कुरा ध्यान दिनुहोस् की सुत्दा कहिलै पनि कपाललाई टाइट गरेर नबाँध्नुहोस्। खुकुलो बनाएर पातलो रबडले कपाल बाँधेर सुत्दा पनि कपाल झर्ने र टुक्रिने समस्या कम हुन्छ।
हल्ला हातले तेल मसाज गर्नुहोस्
अहिलेको व्यस्त समयमा कसैसँग आफ्नो र आफ्नो कपालको केयर गर्ने समय हुँदैन्। तर तपाईको कपाललाई कयौँ पोषक तत्वको आवश्यक पर्छ। त्यसैले राति सुत्नुअघि तेल तताएरले हल्का हातले मालिस गर्नुहोस्। यसो गर्दा कपाल झर्ने वा टुक्रिने समस्या हटेर जान्छ।
कोर्नुहोस्
व्यस्त जीवनशैलीका कारण धेरै महिलाले कपाल कोर्न समेत समय पाउँदैनन्। तर पनि बिहान बेलुकी अर्थात सुत्नुअघि कपाल कोरेर सुत्नुहोस्। यसो गर्दा पनि कपाल टुक्रिने र झर्ने समस्या हटेर जान्छ।
तेल लगाउन मन नभए सिरम लगाउनुहोस्
कयौँ युवतीहरु तेल लगाउन मन पराउँदैनन्। यिनीहरु राति तेल लगाएर सुत्दा अनुहारमा समस्या देखिने बताउँछन्। यस्तो अवस्थामा तपाई सिरमको प्रयोग गर्न सक्नुहुनेछ। यसो गर्दा पनि कपाल झर्ने समस्या कम हुन्छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस