लामखुट्टेको टोकाइबाट बच्न यी उपाय अपनाउनुहोस् ।
काठमाडौं । गर्मी मौसममा तराई र पहाडी जिल्लामा लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ ।
लामखुट्टेको टोकाईबाट कतिपय रोगहरु लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु पर्छ । यस्ता छन् लामखुट्टेको टोकाइबाट बच्ने उपाय
१. पानी जम्न नदिने
लामखुट्टे पानि जम्ने भाडा, खाल्डा, नाला वा धेरै लामो समयदेखि पानी राखिएको स्थानमा बस्ने, अण्डा पार्ने र बच्चा हुर्काउनेसम्म गर्दछ । त्यसैले यसलाई निर्मूल पार्न लामखुट्टे हुर्कन नदिनु नै उत्तम उपाय हो । यसकालागि ती स्थानमा पानी जम्न नदिने ।
२. सरसफाई
लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । साथै प्रदूषित स्थानमा यो चाडै फैलन्छ । त्यसैले लामखुट्टेबाट बच्न घर आसपासको सरसफाई सबैभन्दा महत्वपुर्ण हुन्छ ।
३. झ्याल ढोकामा जाली
गर्मी मौसममा कोठामा हावा आउजाउ गर्न झ्याल ढोका खोलिन्छ । तर यसरी झ्याल ढोका खुल्ला छाड्दा लामखुट्टे कोठामा पस्ने गर्दछ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु पर्दछ ।
४. झुलको प्रयोग
लामखु्ट्टेको टोकाईबाट बच्न सबैले प्रयोग गर्ने विधि भनेको धूपको प्रयोग हो । अझ अहिले बजारमा विद्युतिय धूप झ्यापझ्याप्ती पाइन्छ । तर, यस्ता धूपको रातभर प्रयोग गर्दा श्वास प्रश्वासमा असर पर्ने गर्दछ । अझ दमको रोगीहरुका लागि त यो झनै हानिकारक छ । त्यसैले सकेसम्म झुलको प्रयोग गर्नु नै उपयोगी हुन्छ ।
५. वैकल्पिक उपाय
लामखुट्टे भगाउनका लागि केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस