वर्षामा पानीले हुने इन्फेक्सनबाट बच्न के गर्ने ?
काठमाडौं । अहिले बर्षातको मौसम रहेको छ । बर्षातको मौसममा पानीमा भिजेर होस् वा पानीको धेरै सम्पर्कमा आएर मानिसहरूलाई धेरै किसिमका समस्याहरू देखा पर्ने गर्दछन् ।
बर्षातको मौसममा सुक्ष्मजीवहरु ब्याक्टेरिया, भाइरस, फङ्गसको विकास तीव्र रूपमा हुने गर्छ । यस्ता जीवाणुहरू मानिसको सम्पर्कमा आएपछि धेरै किसिमका समस्या इन्फेक्सनहरू जस्तै रुघा–खोकी, ज्वरो, घाँटी दुख्ने जस्ता किसिमका समस्याहरू देखिन्छ । यस्ता जीवाणुहरूको सङ्क्रमण रोग प्रतिरोधी क्षमता इम्युनिटी पावर बढी भएकालाई कमै सङ्क्रमित गर्छ । तर इम्युनिटी पावर कम भएका व्यक्तिलाई बढी नै सताउने समेत गर्छ ।
बर्षातमा हुने यस्ता किसिमका समस्याहरू हुन नदिन तपाईँहरूले नियमित रूपमा भान्छामै तयार गर्न सकिने काँढालाई पिउने गरेमा बर्षात् महिनामा हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न सकिन्छ ।
मरीच, ज्वानो, तुलसी र अदुवा
अदुवालाई राम्ररी सफा गरेर स–सानो टुक्रा बनाउने । एक गिलास पानीमा स–साना टुक्रा पारेको अदुवा, एक चम्चा ज्वानो, ४–५ वटा तुलसीको पात, एक चिम्टी मरीचको धुलो हालेर उमाल्नु होस् । उमालेको पानी आधा भएपछि यसलाई पिउने गर्नु भएमा बर्षात् हुने इन्फेक्सनहरूलाई धेरै कम गर्न मद्दत गर्छ ।
मरीच र बिरे नुन
एक गिलास पानीमा ४–५ टुक्रा मरीचको गेडालाई हालेर उमाल्ने । यसरी उमाल्दा पानी आधा भएपछि स्वाद अनुसार बिरे नुन हालेर पिउँदा बर्षात्को मौसममा हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न मद्दत गर्छ ।
सेतो प्याज
सेतो प्याजलाई राम्ररी सफा गरेर स–सानो टुक्रा बनाउनु होस् । यसरी टुक्रा पारेको प्याजमा एक गिलास पानी हालेर उमाल्नुहोस् । पानी उमालेर आधा भएपछि यसमा सख्खर मिसाएर पिउनाले बर्षात्ले हुने धेरै किसिमका इन्फेक्सनहरूलाई कम गर्न मद्दत गर्छ ।
सख्खर, मरीच र जिरा
जिरा, सख्खर र मरीचको काँढा बनाउन आधा चम्चा मरीच, एक चम्चा जिरालाई एक गिलासमा पानी हालेर उमाल्नुहोस् । यसरी उमाल्दा पानीको भाग आधा नहुन्जेल उमाल्नुहोस् । यसरी तयार भएको काँढालाई सख्खर मिलाएर दिनको २–३ पटक पिउने गर्नु भएमा बर्षात्ले हुने इन्फेक्सनहरूलाई रोक्न धेरै मद्दत गर्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस