• जीवनशैली | Jiwanshaili
  • अनावश्यक खोप नलगाउन विश्व स्वास्थ्य संगठनको आग्रह


    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अह्रानोम गेब्रियसस्ले खोप पाइसकेका देशका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गरेका छन् ।

    प्रमुख गेब्रियससले कम आय भएका देशका नागरिकलाई एक डोज पनि खोप उपलब्ध गराउन नसकेको अबस्थामा विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै थप खोप लगाउने तयारी गरेको भन्दै यस्तो आग्रह गरेका हुन् । साथै विश्वव्यापी रूपमा खोपको पहँुचमा ठुलो खाडल रहेको उनको भनाई छ ।

    १०४ देशमा फैलदै गएको निकै सङ्क्रामक मानिएको डेल्टा भेरियन्ट बारेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रमुख टेड्रोसले सबैलाई कम्तीमा पहिलो डोज खोप लगाउनुपर्नेमा जोड दिएका छन् ।

    उनले अझै पनि कतिपय देशमा अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरुले समेत कोरोनाविरुद्धको खोप नपाएको भन्दैे चिन्ता व्यक्त गरे ।


    क्याटेगोरी : प्रवास, समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार