सबै नागरिकलाई खोप माग
नमूना युवा संसद्मा खोप सबै नागरिकलाई लगाउन सांसद्ले माग गरेका छन् । कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जरुरी सार्वजनिक प्रस्तावमाथि छलफल गर्दै नमूना सांसदले सबै नागरिकलाई खोप लगाए मात्र कोभिड–१९ बाट बचाउन सकिने धारणा राखे ।
नमूना प्रधानमन्त्री बरालले आगामी तीन महिनाभित्र लक्षित सबैलाई खोप लगाइने बताउनुभयो । उहाँले सरकारले विभिन्न मुलुकबाट सबै नागरिकलाई खोप लगाउनका लागि खोप खरीद प्रक्रिया गरिसकेको जनाउँदै अब नियमित रुपमा खोप आउने र सबै नागरिकले खोप लगाउन पाउने बताए ।
नमूना स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रुपा कठायतले चीन, अमेरिका र जापानबाट नियमित खोप आउने जानकारी दिनए।
यही असार २८ गतेदेखि भएको नमूना युवा संसद् बैठकमा देशभरिका ८० युवा सहभागी छन् । दुई दिनसम्म नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गराएर आज नमूना युवा संसद् सञ्चालनको अभ्यास गरेका हुन् ।
आजको नमूना युवा संसद्मा राष्ट्रपतिका भूमिकामा रुपन्देहीकी २२ वर्षीया प्रकृति पोखरेल, सभामुखमा सिन्धुपाल्चोकका अभिषेक तिवारी, उपसभामुखमा आरती भट्टराई, ज्येष्ठ सदस्यमा नवीन पहाडी र संसद्का प्रमुख प्रतिपक्ष दलका नेतामा रञ्जन पौडेल रहेको छ ।
संसद्मा उठेका प्रश्नको जवाफ आज सम्बन्धित मन्त्रीले दिएका छन् । संसद्मा कोभिड–१९ रोकथाम र नियन्त्रण, कोभिड–१९ विरुद्धको खोप, महिला हिंसा, विपद् व्यवस्थापन, सीमा अतिक्रमण, युवा स्वरोजगार जस्ता विषयमा छलफल भयो ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताए । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस