वैदेशिक रोजगारमा जानेलाई जोन्सनको खोप दिन आग्रह
काठमाडौं / वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०लाई आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवस्तरीय निर्णय गर्दै विभागले बुधबार विदेश जानेलाई खोपको व्यवस्थाका लागि आवश्यक प्रबन्ध गर्न सीसीएमसीलाई पत्रमार्फत आग्रह गरेको हो ।
सरकारले असार २८ गते खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप लगाउने र शरणार्थीका लागि जोन्सन एन्ड जोन्सनको खोप दिने निर्णय गरेको थियो ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले खोप प्राप्त गर्न नसक्दा नेपाली श्रमिक रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्था नआओस् भनेर एक डोजवाला ९जोन्सन एन्ड जोन्सन० उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए । सरकारले गएको सोमबार मात्रै वैदेशिक रोजगारीमा जानेलाई भेरोसेल खोप उपलब्ध गराउने निर्णय गरेको छ र मङ्गलबारदेखि खोप केन्द्र तोकेर खोप दिन पनि थालिएको छ ।
पहिलो डोज लगाएपछि दोस्रो डोज लगाउन कम्तीमा चार हप्ताको अन्तर हुनुपर्ने भेरोसेल वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नहुने भन्दै उनले एउटै डोज लगाए पुग्ने खोप नै प्राथमिकता दिनुपर्ने बताए ।
नेपाली श्रमिकका अधिकांश गन्तव्य मुलुकले भेरोसेल खोपलाई मान्यता नदिएकाले पनि जोन्सन एन्ड जोन्सन खोपको व्यवस्था मिलाउन महानिर्देशक दवाडीले आग्रह गरे ।
वैदेशिक रोजगार व्यवसायी र विदेश जाने श्रमिकले पनि विदेश जान तयार भिसा लागेर जाने तयारी गरेका नेपालीलाई एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन नदिएर चार हप्ताको अन्तरमा लगाउनुपर्ने भेरोसेल खोप दिने सरकारी निर्णयको व्यावहारिक नभएको भन्दै सरकारको निर्णयको आलोचना गरिरहेका छन् ।
नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य खाडीका कतार, कुवेत, साउदीजस्ता देशले भेरोसेललाई मान्यता दिएका छैनन् । त्यहाँ मोडेर्ना, अस्ट्राजेनेका, फाइजर र जोन्सन एन्ड जोन्सनले मात्र मान्यता पाएका छन् । जोन्सन एन्ड जोन्सनको खोप एक डोजको हो र यो खोप लगाएपछि श्रमिक तुरुन्तै काम गर्ने देशमा जान पाउँछन् ।
साथै श्रम स्वीकृत गरेको प्रमाण र राहदानीसहित तोकिएको जोन्सन एन्ड जोन्सन खोप केन्द्र वा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले तोकेको केन्द्रबाट खोप प्राप्त गर्न सकिने जनाइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस