बुटवलका सुत्केरीलाई पोषणयुक्त सामग्री वितरण
बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त खाद्य सामग्री वितरण गरेको छ । महामारीविरुद्धको अभियानमा सुत्केरीको स्वास्थ्य सुरक्षामा समेत विशेष चासो राखेर उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो ।
सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पु¥याउन आवश्यक स्वास्थ्य निगरानीसहितको कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्ष्य गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर काम गर्न लागिएको प्रमुख सुवेदीको भनाइ छ ।
बुटवलले नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । उपप्रमुख गुमादेवी आचार्य आफैँ स्वास्थ्यकर्मी लिएर सुत्केरी तथा गर्भवतीको टोल एवम् पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण सामग्री वितरण गर्दै आएका छन् ।
नगरका विपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सुरक्षाबारे जानकारी, प्रयोगशालासहितको निःशुल्क स्वास्थ्य जाँच र पोषण सामग्री प्रदान गरिएको उपप्रमुख आचार्यले बताए ।
उपमहानगरपालिका– ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र सेमलारको स्वास्थ्य केन्द्रमा उपप्रमुख आचार्यले ६० सुत्केरीलाई पोषण सामग्री प्रदान गर्दै कार्यक्रमको शुरुआत गरिएको थियो । नगरका विभिन्न वडामा रहेको उक्त लक्षित समूहका करीब २३० सुत्केरीलाई पोषण सामग्री प्रदान गरिने छ ।
उपमहानगरका जनस्वास्थ्य अधिकृत उमा थापाका नेतृत्वमा स्वास्थ्यकर्मी कल्पना पौडेल, गीतादेवी पाण्डे, पुजन ज्ञवाली, राजेश गिरीलगायत स्वास्थ्य परीक्षण र आवश्यक स्वास्थ्य सल्लाहका लागि उपप्रमुखसंँगै पुग्नुभएको थियो । बुटवलले यसअघि लकडाउनका अवधिमा पनि आर्थिक रुपमा विपन्न तथा श्रमिक परिवारका ८१ गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिएको थियो । गर्भवती र सुत्केरीलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायत पौष्टिक आहार उपलब्ध गराइएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइँदै आएको छ ।
गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस