विभिन्न रोग निको पार्ने पुदिनाका फाइदाहरु यस्ता छन्
एजेन्सी / गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।
आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ ।
विभिन्न रोगमा पुदिनाको प्रयोग :
अपच:
दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।
पेट फुल्ने:
पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।
क्यान्सर:
पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।
काटेको घाउमा:
कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।
मुर्छा:
सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।
ज्वरो:
पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ ।
पेट दुखाइ:
पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।
दम र खोकी:
पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।
एजेन्सीको सहयोगमा
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस