चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण
चितवन । चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको जटिल खालको सफल प्रत्यारोपण गरिएको छ। असार १८ गते दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
जाजरकोट कुशे गाउँपालिका ९ का ४७ वर्षीय भरतबिक्रम शाहीको कलेजो प्रत्यारोपण गरिएको शल्य चिकित्सक सर्जन डा सञ्जयकुमार यादवले जानकारी दिए। उनलाई ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दान गरेकी थिइन् । भरतबिक्रम शाहीमा कलेजो कलेजो प्रत्यारोपण गर्न १५ घण्टा लागेको थियो। हाल बिरामीको अवस्था सामान्य रहेको बताउँदै उनले २-४ दिनमै डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिए। उनकी श्रीमतीलाई गत सोमबार नै डिस्चार्ज गरिएको छ।
ती बिरामीको कलेजोमा सिरोसिस भइसकेको र सिरोसिस वीथ पोर्टल भेन थ्रोम्बसिस पीभीटी को समेत समस्या थियो। डा यादवका अनुसार पीभीटी भनेको कलेजोमा रगत जाने नशा ब्लकेज भएको थियो। जुन आफैँमा जटिल खालको शल्यक्रिया भएको उनी बताउँछन्। पीभीटी भएको बिरामीको कलेजोको सफल प्रत्यारोपण गरिएको नेपालमै पहिलो पटक भएको अस्पतालको दाबी छ।
प्रत्योपणमा डा यादव सहित, डा एकानन्द सिंह, डा जयन्तकुमार सिंह, हेपाटोलोजी डा सागर पौडेल, डा बरुण श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल कियरमा डा किरण अधिकारी, डा नविन यादव, डा सुरेश गौतम, डा विरेन्द्र राउत, रेडियोलोजिष्ट डा दिपक अधिकारी, डा सुवास ओझा लगायत संलग्न थिए।
चितवन मेडिकल कलेजमा चैत ८ गते पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस