उच्च रक्तचाप भएर समस्यामा हुनुहुन्छ ? के खाने के नखाने ?
काठमाडौं । समय फेरियो । तर हाम्रा आनीबानी फेरिएको छैन । खानसमेत धौधौ हुने समय गुजारेका धेरै नेपालीले दुई छाक खाना सजिलै पाउने अवस्था आएको धेरै भएको छैन । तर अस्वस्थ्य जीवनशैली, आनीबानी र अल्छीपनाले गर्दा हामीमध्ये धेरैलाई अनेक किसिमका रोगले गाँजेको छ ।
हिजोआज धेरै मानिस मीठामीठो खानुपर्ने, धेरै माछामासु खानैपर्ने, रक्सी खाने, सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न खाले मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको आदत या दैनिकीबाट गुज्रिरहेको छ । यी यस्तै आनीबानी र खानपान शैलीले गर्दा अधिकांशमा ब्लड प्रेसर जस्तो समस्या देखिएको भन्दछन् – चिकित्सक । हाम्रो यही जीवनशैलीले निकालेको रोग हो, उच्चरक्तचाप अर्थात् ‘ब्लडप्रेसर हाई ।’ तर यो समस्या खानपान मात्रैले मात्र पनि हुँदैन । यो पुस्तान्तरण हुँदै आएको पनि हुनसक्छ ।
प्रेसर हाई हुने समस्याको परिणामस्वरुप हार्ट अट्याक, प्रेसर हाई, प्यारालाइसिस, मुटुरोग जस्ता समस्या देखिन थालेका छन् । पहिले धनीमानी, उमेर भएका, रोगले च्यापेकालाई छिटफूट देखिने यो रोग अहिले २० वर्षे युवा उमेरदेखि वयस्क, पुरुष महिला सबैमा देखिन थालेको छ । ३० वर्षका युवाले समेत प्रेसर हाई भएको समस्याले नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतको मात्रै कारण देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता नलागेको बताइन्छ । त्यसैले उच्च रक्तचाप ‘साइलेन्ट किलर’ रोग हो ।
चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, धड्कन रोकिएजस्तो हुनु, भनभन रिँगटा छुट्नु, आँखा हेर्नै गार्हो हुनु, श्वास रोकिएला झै हुनु जस्ता लक्षण देखिन्छ । यसले प्यारालाइसिस जस्तो भयानक रोग निम्त्याउन सक्छ भने ‘हार्ट अट्याक’ जस्ता समस्या देखिएर ‘अन द स्पट डेथ’ पनि हुन सक्छ । तर नआत्तिनुहोस् । जीवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न र नियन्त्रण गर्न सकिन्छ ।
उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खानुपर्छ ।
केरा सेवन गर्ने । केरामा पोटासियम भन्ने तत्व पर्याप्त मात्रामा पाइन्छ जसले शरीरमा नुनको असर कम गर्दछ ।
हरेक बिहान खाली पेट लसुनका दुइ केस्रा तथा एक गिलास पानी पिउनुहोस् ।
अदुवामा रक्तसञ्चारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइने भएकोले अदुवाको टुक्रा मुखमा राखिरहँदा पनि फाइदाजनक हुन्छ ।
आधा गिलास पानीमा एक चम्चा मरिचको धुलो घोल्नुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २ २ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।
तुलसी तथा निमको पातको सेवन गर्नुहोस् ।
एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।
गाजर र पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।
१ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्छ ।
रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३, ४ पटक पिउनुपर्छ ।
गहुँ तथा चनाको रोटी सेवन राम्रो मानिन्छ ।
धूम्रपान मद्यपान त्याग्नुहोस् ।
नियमित व्यायाम गर्नुहोस् ।
महीको सेवन निकै फाइदाजनक हुन्छ ।
उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ ।
बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ ।
करेला, मेथी, नीमको पात, घ्यूकुमारी खाने, आयुर्वेदिक उपाय गर्ने, योग, ध्यान गरेर पनि कम गर्न सकिन्छ ।
ब्लडप्रेसर नियमित जाँच गर्ने ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस