खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदिएको बालिकाका आफन्तले आरोप लगाएका छन् ।
बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरवाही गरी छोरीको स्वास्थ्यमाथि खेलवाड गरेको आरोप लगाए । अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताए ।
अस्पतालका निमित्त प्रमुख मेसु डा मोहम्मद नुरुल होदाले कोठा अभावका कारण प्लाष्टर गर्ने र खोप लगाउने कोठा एउटै रहेकाले खोप लगाउन आह्वान गर्दा प्लाष्टरका लागि लाइनमा बसेकी बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन ल्याएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जा नहेरी खोप लगाइदिँदा दुवै पक्षबाट गल्ती हुन पुगेको बताए ।
रेबिजविरुद्धको खोप लगाउँदा स्वास्थ्य जोखिम नहुने भएकाले आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए । खोप लगाउने कर्मचारीलाई तत्काल सचेत गराई अबदेखि यस किसिमका घटना नदोहो¥याउने प्रतिबद्धता गराइएको उहाँले बताए । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाबारे सूचना पाएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीसहित स्थलगत जानकारी लिँदै दोषी कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न र चित्तबुझ्दो जवाफ नआए विभागीय कारवाहीका लागि सिफारिस गर्न अस्पतालका निमित्त प्रमुख होदालाई निर्देशन दिए ।
“यो गम्भीर लापरवाही हो, रेबिजविरुद्धको खोपको ठाउँमा अन्य खोप परेको भए बालिकाको स्वास्थ्य जोखिममा पर्न सक्थ्यो, यो खोपले स्वास्थ्य जोखिम नहुने देखिए पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दोषी कर्मचारीलाई त्यत्तिकै उन्मुक्ति दिन मिल्दैन”, उनले भने।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस