कम भएन मानवाधिकार उल्लङ्घन घटना
मकवानपुर जिल्लामा मानवाधिकार उल्लङ्घनको घटना वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा जिल्लामा ६२ मानव अधिकार उल्लङ्घनको घटना घटेको थियो । सन् २०२१ को जनवरीदेखि जुनसम्ममा ४९ वटा उल्लङ्घनको घटना घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जानकारी दिएको हो ।
यो वर्षमा बन्दाबन्दी तथा निशेषाज्ञा भए पनि मानवाधिकार उल्लङ्घनको घटना भने खासै कमी आएको छैन । हिंसामा धेरै महिलापीडित छन् । जनवरीदेखि जुनसम्मको ४९ घटनामा ५० जना पीडित भएका छन् भने सबैभन्दा धेरै ४७ जना महिलापीडित भएको इन्सेकले जनाएको छ । तेइस बालबालिका पीडित भएकामा १८ जना बलात्कार र पाँच यौन दुव्र्यवहारबाट पीडित भएको छ ।
इन्सेकले बिहीबार सरोकारवालासँग जिल्लामा मानवाधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समीक्षा गरेको छ । सरोकारवालाबाट आएको सुझावले वर्ष २०२२ को पुस्तक तयार गर्न अझ सहयोग पुग्ने बताइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस