• जीवनशैली | Jiwanshaili
  • मिर्गौलामा पत्थरी हुँदा यस्ता लक्षणहरु देखिन्छन्


    काठमाडौं । पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ ।

    गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरि बस्छन् । पत्थरी हुँदा यस्ता संकेतहरु देखिन्छन् जसलाई हामीले बेवास्ता गर्दा दुख पाइन्छ ।

    पिसाब गर्दा तीव्र पीडा

    मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ ।

    पिठ्युँ दुख्ने

    कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलाको पत्थरीको संकेत हो । यो पीडा बिस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पीडा हुन्छ ।

    पिसाबमा रगत

    पत्थरी लागेको रोगीको पिसाब प्रायः गुलाफी, रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ ।

    वाकवाक र पेट गडबड

    पेटमा गडबड भएको अनि बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ । यतिखेर बान्ता नै आउन पनि सक्छ । बान्ता भयो भने शरीरभित्रको फोहर बाहिर निस्कन्छ ।

    ज्वरो

    ज्वरो आउनु र चिसो लाग्नु पनि पत्थरीको संकेत हो । मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रम धेरै बढ्छ र ज्वरो आएको जस्तो हुन्छ । यो लक्षणलाई बेवास्ता नगर्नुस् ।

    अंग फुल्ने

    पेट वा शरीरका अन्य हिस्साहरू फुलेमा अनि मूत्राशयमा समस्या आएमा पत्थरीको लक्षण हो ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार