व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह
पोखरा उद्योग वाणिज्य सङ्घले उद्योगी/ व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।
सङ्घका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट बञ्चित हुनु दुःखद भएको बताए।
माग सम्बन्धमा स्वाथ्यमन्त्री गुरुङले सङ्घ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै यथासम्भव प्राथमिकताको आधारमा व्यवसायीलाई खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताउनुभयो । सङ्घका प्रतिनिधिमण्डलले आजै कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पनि सोही व्यहोराको बोधार्थपत्र बुझाउँदै खोपको प्रबन्धक गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस