यी हुन् गर्मी मौसमको लागी उपयोगी खानेकुराहरू
गर्मिको मौसममा हुने तापक्रमको वृद्धिले गर्दा हाम्रो शरिरबाट धेरै पसिना आउने र शरिरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदी जस्ता समस्याहरु देखा पर्ने हुन्छ।
गर्मिको मौसममा हुने तापक्रमको वृद्धिले गर्दा हाम्रो शरिरबाट धेरै पसिना आउने र शरिरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदी जस्ता समस्याहरु देखा पर्ने हुन्छ। यस्ता समस्याहरुबाट बच्नको लागी हामीले गर्मीमा केहि खानेकुराहरुलाई खानामा समाबेस गराउन सक्छौं ।
जान्नुहोस् गर्मिको लागी महत्वपूर्ण स्वास्थ्यबर्द्क खानेकुराहरुको सुची –
खरबुजा
गर्मिको मौसममा शरिरमा पानीको मात्रा कम भएमा स्मरण शक्ती नास हुने, मनस्थिती स्थायी नहुनाको साथै अन्य थुप्रै समस्याहरु देखिने हुन्छ । खरबुजामा ९२ प्रतिसत पानी हुन्छ। यसको अतिरिक्त भिटामिन , मिनरल्स र छालाको सुरक्षाको लागी अतीनै उपयोगी हुनुका साथै खरबुजाको सेवनले शरिरलाई सितलता समेत प्रदान गर्दछ ।
मकै
मकैमा रहेको नामक उपयोगी रसायनले छालालाई सुर्यको किरणबाट बचाउने हुँदा छालामा दाग आउनबाट बचाउँछ ।
चिसो कफि
चिसो कफिको सेवनले छालालाई सुर्यको किरण र अधिक तापक्रमबाट हुने हानीलाई कम गर्दछ । युरोपीयन जर्नल अफ क्यान्सर प्रीभेन्सनले प्रकासित गरेको एउटा लेख अनुसार ९३००० महिलाहरुमा गरिएको एक सर्भेक्षणमा क्याफिन भएको चिसो कफी दैनिक १ कप पिउने ब्यक्तीमा छालाको क्यान्सर हुने सम्भावना १० प्रतिसतले कम हुने तथ्य्य प्राप्त भएको छ ।
गोलभेडा
गोलभेडालाई रातो रङ दिने रसायन क्यारोटीनोइड्स (carotenoids) ले सुर्यबाट आउने हानिकारक परबैजनी किरणलाइ छाला डढाउन बाट रोक्ने गर्दछ ।
सुन्तला
सुन्तलामा ८० प्रतिसत पानी हुनुको साथै पोटासियम पनि पाइने हुँदा पसिनाबाट खेर जाने पानी र पोटासीयमको मात्रा पुर्ती गर्नको लागी यो उपयोगि हुन जान्छ ।
सुपको साग
सुपको सागमा भिटामिन सि, भिटमिन बि, फोलेट, क्याल्सियम, पोटासियम, आइरन आदी पाइन्छ। शरिरमा पानीको मात्रा कम हुनबाट रोक्नुको साथै यसमा पाइने उपयोगी तत्वले मृगौलाको कार्यलाई समेत सहयोग गर्दछ ।
ग्रिन टी
ग्रिन टी ले शरिरमा पानीको मात्रा सन्तुलन गरी पानीको कमी हुनबाट बचाउनुको साथै क्यान्सर र मुटुको रोगबाट पनि शरिरलाई बचाउँछ ।
सलाद र गाढा हरियो रङको साग
सलाद र गाढा हरियो रङको सागको सेवनले गर्मिको कारणले पसिनाको रुपमा खेर गएको भिटामिन र मिनरल्स हरुको कमी पुर्ती गर्नुको साथै सुर्यको किरणबाट छालालाई जोगाउछ ।
नरिवलको पानी
नरिवलको पानीमा भिटामिन बि , भिटमिन सि, बिभिन्न मिनिरल्सहरु, सुगर र शरिरलाई चाहिने एमिनोएसिडहरु पाइन्छ। यसको पानीले तिर्खा मेटाउनुको साथै त्यसमा पाइने तत्वहरुले शरिरमा पानीको मात्रा पनि सन्तुलन गर्दछ ।
उखुको जुस
उखुको जुसले शरिरलाई सितल राखी चिनिको मात्रा पुरा गर्द्छ ।
काक्रो
कांक्रोले शरिरमा पानीको मात्रा सन्तुलन गर्नाको साथै भिटमिन र मिनरल्सको पुर्ती गरी पेट समेत स्वस्थ्य राख्द्छ ।
दही
दहीमा चिल्लोको मात्रा नहुने र यसले पेट अनि पुरा शरिरलाई सितलता प्रदान गर्द्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस