• जीवनशैली | Jiwanshaili
  • किन हुन्छ अनियमित महिनावारी ?


    काठमाडौं । सामान्यतयाः महिनावारीलाई ३० दिनको मासिक चक्र मानिन्छ ।

    यदि कुनै पनि महिलामा पछिल्लो पटक महिनावारी भएको ६ हप्तादेखि सोहि क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्र्तगत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारीे अवस्थाको संज्ञा दिइन्छ ।

    उसो त महिनावारी रोकिनुका पनि केहि सरल एवम् केहि गम्भीर गरी विविध कारणहरु हुन सक्छन् । जसमध्ये व्यक्तिको खानपिन शैली तथा व्यायामको दिनचर्यालाई यसको प्रमुख कारक तत्व मानिन्छ ।
    तर, ४० दिन अथवा सोभन्दा बढि समयसम्म महिनावारी पुनः सुचारु नभएको अवस्थाले महिलाको गम्भीर स्वास्थ्य स्थितितर्फ संकेत गर्ने हुँदा त्यस्ता महिलाले भने अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्दछ ।

    महिनावारी नहुने समस्याका मुख्य कारणहरु

    १. तनाव

    कुनैपनि खतरा प्रतिको मानव प्रतिक्रियाका सबै पक्षहरुलाई नियन्त्रण गर्ने तनावको मुख्य जड हाम्रो मस्तिष्कको ‘हाइपोथालामस’ नामक भागमा आधारित रहेको हुन्छ ।

    जसकारण पनि हामी उच्च तनावमा रहँदा हाम्रो मतिष्क ‘फाइट या फ्लाइट’(केहि स्थितिको अवस्थासंग लड्ने अथवा त्यसबाट टाढा भाग्न खोज्ने अवस्था) को मुडमा रहने भएकाले यति बेला महिलाहरु अत्यन्तै रिसाहा समेत हुन्छन् । ‘हाइपोथलामस’ भनिने यो भाग स्वतः प्रतिक्रिया जनाउने मतिष्कको एक अंश पनि हो । जसले अन्त्यमा हार्माेनलाई गुप्त राख्दै प्रजनन प्रणालीको कार्यलगायत शरीरको सम्पुर्ण कार्यहरुलाई नियन्त्रण गरेको हुन्छ र, सोबाट देखापर्ने प्रतिक्रियाबाट बच्न सम्भवतः असम्भव रहन्छ ।

    यसकारण पनि उच्च तनावग्रस्त अवस्थामा ओभुलेशन चक्र छलिन गई महिला अस्थायी रुपमा अनियमित महिनावारीको समस्याको शिकार बन्न पुग्छिन् ।

    २. तौल घट्नु वा बढ्नु

    शरीरको वजनमा देखापर्ने अधिक परिवर्तन पनि महिलाको महिनावारी अनियमित हुनाका मुख्य कारण हुन् ।

    शरीरको तौलको प्रत्यक्ष सम्बन्ध शारीरिक मोटोपनसंग सम्बन्धित रहेको हुन्छ । जसकारण पनि महिलाको तौल घटबढ हुँदा त्यसको परिणाम स्वरुप हार्मोनमा असन्तुलन देखापर्छ । यसबाहेक सिमित गम्भीर क्यालोरीले पनि प्रजनन हार्माेन उत्पादनका लागि निर्देशित गर्ने मस्तिष्कको ‘एन्डोक्राइन सिस्टम’ नामक भागमा असर पु¥याउँछ ।

    फलस्वरुपः यसरी यी सुचना प्रवाहमा आएको अवरोधका कारण महिलाको महिनावारीमा अनियमितता देखापरी यसले ओभुलेशन चक्रलाई प्रभावित तुल्याउने प्रजनन हार्माेन उत्पादनमा समेत नकरात्मक असर पु¥याउँछ ।

    ३. तीव्र शारीरिक व्यायामको बढावा

    शरीरको क्यालोरी अधिक बर्न गर्ने बाहानामा नियमित गरिने शारीरिक व्यायामले पनि महिलाको महिनावारी रोक्नमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

    शरीरको कार्यप्रणालीलाई प्रभावकारी बनाउन शरीरमा पर्याप्त ऊर्जा नहुने कारण यस्ता समस्या देखा पर्दछ । परिणाम स्वरुप यस्ता गतिविधिले हार्माेनको गडबढि गराई महिलाको महिनावारी चक्रको लय(ट्रयाक) लाई नै पर धकेलीदिन्छ ।

    यद्यपि यसरी पर सरेको महिनावारी चक्र महिलाले क्यालोरीको मात्रा लिन थालेपश्चात् शरीरले प्रजनन प्रणालीमा पर्याप्त ऊर्जा लगानी गर्न सक्षम हुन थालेलगत्तै पुनः दोहोरिन थाल्दछ ।

    ४. हार्माेनल गर्भनिरोधक औषधिको सेवन

    गर्भनिरोधक चक्कीको प्रयोग महिनावारीलाई निरन्तरता दिनका लागि प्रयोग गरिन्छ ।

    यद्यपि कतिपय अवस्थामा अझ विशेषगरी भन्नुपर्दा चक्की सेवनको शुरुवाती केहि महिना वा लामो समयसम्मको प्रयोगपछि चक्कीको सेवन छोडेका महिलामा भने यो अपवादको रुपमा देखापर्दछ । शुरुवाती केहि महिनामा महिलाको प्रजनन प्रकृया प्रभाव पर्ने भएकाले पनि महिलामा यस्ता समस्या देखिन्छ ।

    र, महिलामा शरीर तथा हार्माेनको मात्रामा सुधार नआएसम्म यस्ता समस्या यथावत् नै रहि रहन्छन् ।

    ५. थाइराइडका कारण

    घाँटि अवस्थित रहने थाइराइड ग्रन्थीले पनि जैविक प्रकृयाहरुसंगै अन्य मासिक चक्रलाई धेरै हदसम्म नियन्त्रण गरेको हुन्छ ।

    केहि कारणवश् यसमा हुने ‘हाइपो–थाइरोडिज्म’ तथा ‘हाइपर–थाइरोडिज्म’का कारण कार्यप्रणालीमा प्रभाव पार्ने केहि अवस्थाहरुले महिलाको मासिक चक्रमा समेत अनिमियतता निम्त्याउँछ । हाइपर–थाइरोडिज्मको अवस्थामा ग्रन्थीले शरीरको मेटाबोलिजम बढाउने ‘थायरोक्सिन’ नामक अति सक्रिय हार्माेनको उत्पादन गर्दछ । जसले पनि महिनावारीको चक्रलाई अनियमितताको निम्ति बढावा दिदैँ केहि महिनौसम्म टाढा लैजान्छ ।

    थाइराइड भएका व्यक्तिमा अन्य लक्षण स्वरुप मुटुको गति तेज हुने, भोक तथा तौलमा गडबढ देखिने, चिन्ता बढ्ने, हात काँप्ने, थकानको महशुस हुने, कपालको स्वरुपमा परिवर्तन आउने तथा निन्द्रामा गडबढि देखिनेजस्ता परिवर्तनहरु देखा पर्दछन् ।

    ६. अन्य दिर्घरोग भएमा

    सिलिएक रोग तथा मधुमेहजस्ता शरीरमा पहिलेदेखि नै रहेका रोग अथवा स्वास्थ्य अवस्थालाई पनि महिनावारी अनियमितताको मुख्य कारण मानिन्छ ।

    अटो–इम्युनका कारण देखापर्ने सिलिएक रोगले व्यक्तिको पाचन प्रणालीमा असर पु¥याउँछ । खानाको माध्यमबाट यस्ता बिरामीले ग्लूटोनको सेवन गरेको खण्डमा प्रतिरक्षा प्रणालीले सानो आन्द्रामा प्रतिक्रिया जनाउँने अटो–इम्युनको एक अनुक्रम सक्रिय हुन पुग्दछ ।
    परिणाम स्वरुप यसले पाचन नलीमा प्रभाव पु¥याई पोषक तत्वहरुलाई सोस्दै शरीरमा कुपोषण तथा हार्माेन उत्पादनको समस्यासंगै मासिक चक्रको अनियमिततालाई समेत बढावा दिन्छ ।

    यस्तै, शरीरमा चिनीको मात्रा असन्तुलित हुँदा देखापर्ने टाइप १ तथा टाइप २ दुवै प्रकारको मधुमेहले पनि मासिक चक्रलाई प्रत्यक्ष असर पु¥याउँछ ।
    केहि महिलाको सन्दर्भमा फरक भएता पनि अधिकांशः महिलाहरु (११–१३ वर्ष समूह अवधि)मा वर्षको एकपटक मात्रै महिनावारी हुने गर्छन् । यसरी हुने महिनावारी चक्र केहि महिलाको हकमा भने तुलनात्मक रुपमा थोरै वा धेरैपटक हुनसक्छ ।

    त्यसैले महिलाले आफ्नो महिनावारी चक्रको कस्तो अवस्थामा सामान्य हो? भन्ने ज्ञानको हेक्का राख्नुपर्छ । मासिक चक्रको बारेमा भन्नुपर्दा, सामान्यतयाः शुरुवाती अवस्था र रजनोवृत्तिका कारण अन्त्य हुने(रोकिने) समयमा महिनावारी अनियमितता देखापर्दछ ।

    यद्यपि मासिक चक्रको ४० दिनभन्दा बढि अथवा आफु पछिल्लो समय महिनावारी भएको ६ हप्ता कटिसकेको खण्डमा भने महिनावारी चक्र नदोहोरिएको खण्डमा भने त्यसले शरीरको खराब स्वासथ्य अवस्थातर्फ संकेत गर्ने भएकाले त्यस्तो अवस्थामा महिलाले अनिवार्य रुपमा उपचारका लागि सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्दछ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार