शारीरिक अशक्तलाई डेढ लाख सहयोग
विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा चाँगुनारायण नगरपालिका–१ का वडासदस्य उद्धव खड्काले लामो समयदेखि दुई असक्तलाई रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएका छन् ।
उनले नेपाली कांग्रेस भक्तपुरका युवानेता एवम् पूर्वजिल्ला समिति सदस्य रोशन पौडेल र सोही नगरपालिकाको कार्यपालिका सदस्य कुमार अच्छामीलाई उहाँहरुको निवासमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।
खड्काले नगरसभा सदस्यको हैसियतले नगरपालिकाले दिने विभिन्न शीर्षकको सेवा, सुविधा र नगरपालिका तथा वडा कार्यालयमा हुने बैठकमा सहभागी भए बापतको भत्ता रकम जम्मा गरेरे दुवै जनालाई जनही रु ७५ हजार सहयोग गरेको बताए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस