• जीवनशैली | Jiwanshaili
  • विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो


    ७ साउन ९रासस ÷एएफपी० विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । जर्मनी ८ करोड ७१ लाख २१ हजार १२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड ३४ लाख ९२ हजार ८३८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जापान ७ करोड ३९ लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ५७ लाख ४१ हजार ५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड ४० लाख ५० हजार २२९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ३१ लाख २३ हजार ४५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।


    क्याटेगोरी : प्रवास, समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार