बालबालिकाको कान पाक्ने समस्या र जोगाउने उपाय
काठमाडौं । बालबालिकाको कान पाक्नु एक प्रमुख समस्या हो ।
यो सबै उमेरसमूहलाई हुन सक्छ । तर, बालबालिकाहरुमा यो बढि मात्रामा देखिन्छ । बालबालीकाको कान किन पाक्छ ? यसको लक्षण र जोगाउने उपाय
किन पाक्छ कान ?
बालबालिकाको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्य भाग जोड्ने नली छोटो सिधा र फराकिलो हुन्छ परिपक्क भएको हुँदैन ।
जसले बेला–बेलामा त्यो बन्द भइरहन्छ । यो नलीको काम कानको प्रेसरलाई कायम राख्ने, कानमा जम्मा भएको पानीलाई बाहिर निकाल्ने हो । त्यो परिपक्व नभएको कारणले कान भित्र भएको पानी भित्र नै बस्छ र कानको प्रेसर पनि कायम हुँदैन । जसले गर्दा रुघाखोकी लाग्ने र कानको संक्रमण हुने गर्छ । जथाभावी कोट्याउने, तेल हाल्ने र कानमा पानी पस्यो भने पनि यस्ता समस्या हुन सक्छ । त्यस्तै, नवजात शिशुलाई आमाले दूध खुवाउदा स¥क्यो वा बच्चाले उल्टी गरेको दूध कानमा पस्यो भने पनि कान पाक्ने सम्भावना हुन्छ ।
लक्षण
– कानको दुखाईको कारण बच्चा रोईरहने
– ज्वरो आउने
– कान बन्द हुने
– कम सुन्निने
– कान कराउने
– पिप निस्कने
– रिँगाटा लाग्ने
जोगाउने उपाय
– बच्चाहरुको कानमा तेल नहाल्ने ।
– शिशुलाई आमाले दूध खुवाउदा सुतेर नखुवाउने ।
– बालबालिकालाई नुहाउनु अघि कानमा कपास राखिदिने ।
– बालबालिकालाई रुघाखोकी लाग्नबाट बचाउने ।
– बालबालिकाको कान जथाभावी नकोट्याउने ।
– चिकित्सकको सल्लाह बिना कानमा कुनै पनि औषधिको प्रयोग नगर्ने ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस