कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै तयारीमा जुट्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढ्न थालेकाले तेस्रो लहर आउनसक्ने भन्दै तयारीमा जुट्न स्वास्थ्य मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनयता संक्रमण बढ्न थालेको देखिएको जनाउँदै स्वास्थ्य संस्थालाई तयारी गर्न निर्देशन दिएको हो। बिहीबार स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गरी अक्सिजन र शय्याको व्यवस्था गर्न पनि अनुरोध गरेका छन्।
केही जिल्लामा सक्रिय संक्रमितको संख्या पनि बढेको उनले जनाएका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित पुगेका छन् । त्यस्तै, २६ जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय नाघेको मन्त्रालयले जनाएको छ।
अघिल्लो साताको तुलनामा सक्रिय संक्रमित धेरै भएका जिल्लाको संख्या बढेको छ। अघिल्लो साता सात जिल्लामा मात्रै पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका थिए।
तेस्रो लहर आउनसक्ने जोखिम रहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस