अनुहारमा चाउरी पर्न थालेको छ ? यी फलफूलले बचाउँछ छाला चाउरी पर्नबाट
उमेर बढेसँगै अनुहारको छाला पनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर कतिपय उमेर पुगिसकेकाहरूको पनि अनुहार कलिलै र चाउरी रहित हुन्छ । उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महँगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।
यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्वसुलभ रूपमा पाइने पाँच प्रकारका फलफूलले तपाईँको छालामा चमक ल्याउँछन् ।
सुन्तला
सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन संयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका बिबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।
स्याउ
स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सिले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।
मेवा
पवित्र फलको रूपमा चिनिने मेवामा प्राकृतिक रूपमा पोषणयुक्त तत्त्वहरू हुन्छ नै । मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईँको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ।
खरबुजा
खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेवनले छालाको छिर्दा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रूपमा पनि प्रयोग गर्न सकिन्छ।
अनार
अनारमा ठुलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई वृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स ९आरबीसी० हुने रक्त प्रवाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्त्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वाभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस