फ्रिजको पानीले हुन्छन् यस्ता हानी
काठमाडौं । गर्मीमा हामी अधिकांशले फ्रिजको पानी सेवन गर्ने गरेका छौ। शितलताका लागि फ्रिजको पानी पिउने गरे पनि त्यो पाइँदैन । उल्टै अनेकन स्वास्थ्य समस्या थपिन्छन् । यसर्थ चिसो पानी पिउनु पूर्व यसले पुर्याउने हानीका बारेमा थाहा पाउन जरुरी छ ।
के के छन हानी ?
१. पाचन समस्याः
चिसो पानीको सेवनले तपाईको पाचन क्रियालाई प्रभावित गर्न सक्दछ। चिसो पानी वा कोल्ड्रिङ्कसको सेवन गर्दा चिसोको कारणले पेटका रक्तनलीह्रू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचन पश्चात उत्पादित पोषक तत्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन।
फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ। यसैगरि पाचन ईन्जाईमहरूको उत्कृष्ट कार्यकालागि आवश्यक पर्ने उपयूक्त तापक्रम पनि चिसो पानीको सेवन पश्चात घट्ने हुँदा ईन्जाईमहरू निश्क्रिय भई पाचन प्रभावित हुने गर्दछ।
त्यस्तै चिसो पानीको शेवन पश्चात घटेको तापक्रमलाई सन्तुलित गर्न शरीरले अतिरिक्त उर्जा खर्च गनुपर्ने हुन्छ जसको कारणले पनि पाचन प्रभावित हुने गर्दछ। यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आँउ र पायल्स जस्ता समस्याहरू देखापर्दछन।
२. हृदयगति कमहुनेः
चिसो पानीको सेवन पश्चात चिसोका कारण पेटको स्नायू आपुर्ती गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ। भेगस नाडी उत्तेजित हुँदा हृदयगति कम हुने र हृदयको कार्यक्षमता पनि घट्दछ।
३. शक लाग्न सक्छः
कडा परिश्रम पश्चात चिसो पानीको सेवन गर्दा हामीलाई सर्कुलेटरी शक लाग्न सक्छ।
यसर्थ कडा परिश्रम पश्चात तुरून्त पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्बथा बर्जीत गरिएको छ। कडा श्रम पश्चात चिसो पानी पिउदा शरीरले परिश्रम कम क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकीदिनेहुँदा शक लाग्न सक्दछ। यसैगरि श्रमका बेलामा पिईएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवश्था समेत आउन सक्दछ।
४. तौल बढाउनेः
चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ। फलतः बोशो पग्लिने क्रिया प्रभावित हुनजाँदा तौल बढ्ने र भूँडी लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ।
५. प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नेः
चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्नेहुदाँ हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकीलाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्ने गर्दछ।
६. रोगको लक्षणहरू बढाउनेः
चिसो पानीको सेवनले एकालेसिया, दम, खोकी, र माईग्रेन जस्ता समस्याको लक्षणहरूलाई बढाउने गर्दछ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस