दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग
दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।
एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भिडभाडमा काम गर्नुपर्ने हुन्छ । पहिलो प्राथमिकता दिइ खोप उपलब्ध गराई सहज वातावरण बनाउनु हुन अनुरोध गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।
एसोसिएसनका महासचिव प्रहलाद दाहालले सरकारले अत्यावश्यक क्षेत्रका रुपमा राखिएका अन्य क्षेत्रका व्यवसायी तथा मजदूरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराए तापनि दुग्ध क्षेत्रलाई नदिइएको बताए । पछिल्लो समय कोरोना सङ्क्रमतिका सङ्ख्यामा वृद्धि भएको जनाउँदै तत्काल दुग्ध क्षेत्रका संलग्नलाई खोप उपलब्ध गराउन उनले माग राखे ।यस क्षेत्रमा करीब पाँच लाख ५० हजार मात्रा खोप आवश्यक रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस