• जीवनशैली | Jiwanshaili
  • साउन महिनाभर मासु र मदिरा वर्जित किन गरिएको हो ? यस्तो छ कारण


    काठमाडौं । साउन महिनालाई धार्मिक महिनाको रुपमा लिइन्छ ।

    यो महिना वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । यस्तै महतवपूर्ण नियम हो मासु र रक्सीको सेवन नगर्ने । किन साउन महिनामा रक्सी र मासु नखान भनियो त यस्तो छ धार्मिक र वैज्ञानिक कारण

    धार्मिक कारण

    यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसै पनि साउनजस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ ।

    जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

    वैज्ञानिक कारण 

    जाँड रक्सी लगायतका मद्यपान जुनसुकै बेलामा पनि पिएको नराम्रो हो ।

    स्वास्थ्यलाई नराम्रो असर गर्ने भएका कारण यसलाई साउन महिनामा पनि वर्जित गरिएको हो । साउन महिनामा मानिसहरुले भक्तिभावले व्रत पूजा आराधना गर्ने नियम नखल्बलियोस् भनेर पनि यसको प्रयोग वर्जित छ ।

    माछा मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन । यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासुजस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौँ समस्या आइलाग्छन् । बर्खाको मौसममा पशुहरूलाई अनेकौँ किसिमका संक्रामक रोग लाग्छन् र त्यस्ता रोगी पशुको मासु खाँदा रोग सर्छ । त्यसैले साउन महिनामा यी दुई कुरा वर्जित गर्न भनिएको हो ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार