• जीवनशैली | Jiwanshaili
  • सबै प्रदेशमा मौज्दात अक्सिजन व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सबै प्रदेशमा मौज्दात अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

    आज सोमवार एक विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कम्तीमा एक हजार वटा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन सबै प्रदेशका सम्बधित निकायलाई निर्देशन दिएको हो । मन्त्रालयले निषेधाज्ञा जारी भए पनि कोरोना सङ्क्रमणको दरमा कमी नआएको भन्दै भविष्यमा तीव्र रूपमा कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिएको छ ।

    सम्भावित कोरोनाको महामारीका लागि सबै प्रदेशको आपूर्ति केन्द्रमा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राख्न मन्त्रालयले आग्रह गरेको छ ।
    यस्तै मन्त्रालयले भएका मौजुदा सिलिन्डर पनि खाली नराख्न निर्देशन दिएको छ ।

    अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्याङ्क तथा अक्सिजन कन्सनन्ट्रेसनहरू चुस्त र चालु अवस्थामा राख्न पनि मन्त्रालयले भनेको छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार