सन्दर्भ : विश्व हेपाटाइटिस दिवस पत्तै नपाई हुन सक्छ हेपाटाइटिस !
हरेक वर्ष जुलाई २८ दिनलाई विश्व हेपाटाइटिस दिवसुका रुपमा मनाइँदै आएको छ । यस वर्षको विश्व हेपाटाइटिस दिवसको मुख्य नारा ‘हराइरहेका रोगीको खोजी’ छ । संक्रमित व्यक्तिहरू पत्ता लगाई निदानमा जोड दिनु नै यो वर्षको लक्ष्य रहेको छ ।
हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा। बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष जुलाई २८ का दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ । विश्वभरका करिब ३२ करोडभन्दा बढी मानिस दीर्घकालीन हेपाटाइटिस बी र सीबाट संक्रमित भएको अनुमान छ । जसमध्ये करिब पौने चार लाख नेपाली मात्रै छन् । यसमध्ये नेपालमा करिब १ लाख ३० हजार हेपाटाइटिस सी र २५ लाख हेपाटाइटिस बीबाट दीर्घकालीन रूपमा औषधि सेबन गर्दै आएको तथ्याङ्कले देखाएको छ । नेपालीहरू वैदेशिक रोजगारीमा जाने वा रक्तदान गर्ने क्रममा रगत परीक्षण हुँदा केही व्यक्तिमा संक्रमण भएको पत्ता लाग्ने गरेको छ ।
भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो आज । भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रुपमा विकराल रुप लिँदै गएको छ ।
विश्व स्वास्थ्य संस्थाको तथ्यांकलाई हेर्ने हो भने, संसारभरका ३२ करोड ५० लाख मानिस भाइरल हेपाटाइटिस बी र सीबाट ग्रसित छन् । यद्यपि, धेरै मानिस आफ्नो रोगबारे अनविज्ञ रहेको जानकारहरू बताउँछन् । संसारभर १४ लाख मानिसको प्रत्येक वर्ष विभिन्न किसीमका हेपाटाइटिसका कारण मृत्यु हुने गरेको छ ।
यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनविज्ञ रहने पनि तथ्यांकले देखाउने रहेछ । यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्यालाई विकराल बनाउन थप सघाउ त पुग्ने नै भयो साथै यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ भनेर ुहराइरहेका रोगीको खोजीु नारामा हामिले २८ जुलाइको दिन यो दिवस मनाउदै आइएको छ ।
एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरुलाई मृत्युको शिकार बनाउने डरलाग्दो दीर्घकालीन रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गर्दछ । यो कुरालाई मध्यनजर गर्दै ९डब्लुएचओ० ले आगामी सन् २०३० सम्म विश्वबाट हेपाटाइटिस उन्मुलन गर्ने लक्ष्य राखेको छ ।
कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य भुमिका खेल्ने गर्दछ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्ः ए, बी, सी, डि र इ । यी पाँच किसिमका हेपाटाइटिसहरु घातक मानिन्छन् ।
एचआइभी एड्स, मलेरिया र क्षयरोगभन्दा हेपाटाइटिस बी र सी का कारणले वार्षिक धेरै मानिसहरुको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सरले मृत्यु हुने तीनजना मध्ये २ जना हेपाटाइटिसका रोगी हुने गर्दछन् ।
हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण हेपाटाइटिस बी र सीलाई मौन महामारीको रुपमा लिने गरेको कोणले हो विश्व स्वास्थ्य संगठन भनेको छ । यसले मुख्य गरी बालबालिका नै बढि मात्रामा उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा देखाएको छ ।
लागूपदार्थ दुव्र्यसनी, एचआइभी संघर्षरत मानिसहरु, प्रवासीहरुमा हेपाटाइटिसले बढी नै सताउने गरेको रहेछ । अझ हेपाटाइटिस बी लागेका ९०५ मानिसहरु र हेपाटाइटिस सी भएका ८० प्रतिशत मानिसहरुलाई त आफूमा यो रोग भएको बारे जानकारी नरहने र नजानेरै अरुमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरु जस्तै घातक रोग मानिन थालिएको छ ।
हेपाटाइटिसबारे जानाकारी दिन र ख्याल राख्नको निम्ति हरेक अघिल्ला वर्षमा जस्तै यो बर्ष पनि हेपाटाइटिस दिवस मनाइँदैछ । अस्पतालको सहज पहुँच, औषधिको सुलभ उपलब्धता र स्वास्थ्य अधिकार नभएसम्म हामीले अझै धेरै मानिसहरु गुमाउने गरेका छौँ, उनीहरु विश्व जनसंख्याबाट ओझेल पर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङले देखाएको छ । यी ओझेल अनुहारहरु फेरी अर्को वर्षको निम्ति तथ्यांक बनेर थन्किनेछन् ।
स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो विकासन्मोख जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्दछ । यस्ता भयानक रोगबाट ग्रसित हुनपर्दा त मृत्युकै बाटो रोज्नपर्ने हुन्छ । यसकारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य हो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस