बागलुङमा खोप अभियान स्थगित
बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।
सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ । सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले बताए । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उनले बताए।
बागलुङमा अझै करिब १४ हजार डोज बाँकी छ । सरकारले अब बाँकी रहेको खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिनसकेको उहाँको भनाइ छ । सरकारबाट नयाँ लक्षित वर्ग तोकिएपछि मात्रै खोप अभियानलाई अगाडि बढाइने छ । बागलुङमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म जिल्लामा ५१ हजार ४८७ ले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जिल्लामा जोन्सन एण्ड जोन्सन ११ हजारभन्दा बढी, भेरोसेल २२ हजार र कोभिशिल्ड १४ हजार ६४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस