आँखा उपचार केन्द्र सञ्चालन
मकवानपुरको वाग्मती गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनका लागि आज सम्झौता गरिएको छ । सो केन्द्र सञ्चालनका लागि गाउँपालिका र तिलगङ्गा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता गरिएको छ ।
गाउँपालिका अध्यक्ष सर्केस घलान र हेटौँडा अस्पतालका प्रमुख डा सुनिल श्रेष्ठबीच सम्झौता भएको गाउँपालिकाले जनाएको छ । सम्झौतामा हस्ताक्षर गरेको मितिले आगामी पाँच वर्षसम्म अस्पताल कायम रहने उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा आँखा केन्द्र सञ्चालनका लागि गाउँपालिकाले दुई स्वस्थ्यकर्मीका लागि पारश्रमिक रकम वार्षिकरुपमा अनुदानस्वरुप उपलब्ध गराउनुपर्ने, सञ्चालन केन्द्रका लागि भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने, सेवा सञ्चालनका लागि उपयुक्त वातावरण तयार पार्नुपर्ने, वार्षिकरुपमा बजेट विनियोजन गर्नुपर्ने, आवश्यकता अनुरुपको प्राविधिक जनशक्ति उपलव्ध गराउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।
आँखा केन्द्रमा आगामी तीन महिनाभित्र आँखा जाँच, चश्मा जाँच, सामान्य शल्यक्रिया र औषधिसहितको सुविधा उपलब्ध गराइ सञ्चालनमा ल्याइने हेटौँडा आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस