घट्दो क्रममा क्षयरोग : मकवानपुरमा ५२१ बिरामी पहिचान
हेटौंडा/मकवानपुर जिल्लामा क्षयरोग बिरामीहरुको संख्यामा अघिल्लो बर्षको तुलनामा कमि आएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका क्षयरोग अधिकृत ठाकुर पौडेलले जानकारी दिए । आर्थिक बर्ष २०७६/०७७ मा जिल्लामा २ सय १८ महिला र ४ सय ९ पुरुष गरी ६ सय २७ क्षयरोगको बिरामी फेला परेकोमा गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्लामा १ सय ७१ महिला र ३ सय ५० पुरुष गरी जम्मा ५ सय २१ बिरामीको पहिचान भएको पौडेलले जानकारी दिए । जिल्लामा महिलाको तुलनामा पुरुषमा क्षयरोगको संक्रमण धेरै हुने गरेको समेत स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
आ.व २०७६/०७७ मा मकवानपुरको १० वटा स्थानीय निकायमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा २ सय ९८ जना क्षयरोगका बिरामी फेला परेका थिए । जसमा १ सय ११ महिला र १ सय ८७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । भने गत आ.व २०७७÷०७८ मा यस पालिकामा ९१ ज्ना महिला र १ सय ७० जना पुरुष गरी २ सय ६१ जना क्षयरोग बिरामीको पहिचान भएको जनाइएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका पछिको मनहरी गाउँपालिकामा पनि क्षयरोगका बिरामी धेरै संख्यामा फेला पर्ने गरेका छन् । आ.व २०७६/०७७ मा ३८ जना महिला र ७४ जना पुरुष गरी १ सय १२ जना क्षयरोगको बिरामी पहिचान भएकोमा गत आ.व २०७७÷०७८ मा ३२ जना महिला र ४५ जना पुरुष गरी ७७ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ ।
बकैया गाउँपालिकामा पनि अघिल्लो आ.व को तुलनामा गत आ.व मा क्षयरोगका बिरामी कम पहिचान भएको पाइएको छ । आ.व २०७६÷०७७ मा २६ जना महिला र ३८ जना पुरुष गरी ६४ जना बिरामी भेटिएकोमा गत आ.व २०७७/७८ मा यो संख्यामा कमि आएर १७ जना महिला र ३२ जना पुरुष गरी ४१ ज्ना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कअर्याालय मकवानपुरका क्षयरोग अधिकृत पौडेलले जानकारी दिए ।
जिल्लाको पूर्वी मकवानपुरमा रहेको बागमती गाउँपालिकामा आ.व २०७६/०७७ मा महिला २६ र पुरुष ३८ गरी जम्मा ६४ जना क्षयरोगका बिरामी फेला परेकोमा गत आ.व २०७७/०७८ मा १० जना महिला र ३१ ज्ना पुरुष गरी जम्मा ४१ ज्ना मात्रै क्षयरोगका बिरामी पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, जिल्लाको मकवानपुरगढी गाउँपालिकामा आ.व ५ जना महिला र १७ जना पुरुष गरी जम्मा २२ जना क्षयरोगका बिरामीहरु पहिचान भएको थियो भने गत आ.व २०७७/०७८ मा ४ जना महिला र १८ जना पुरुषमा गरी जम्मा २२ जना क्षयरोगका बिरामी फेला परेको पाइएको छ । दुई बर्षको तथ्यांक हेर्दा मकवानपुरगढी गाउँपालिकामा क्षयरोगका बिरामी उस्तै स्तरमा पहिचान भएको पाइएको छ ।
भीमफेदी गाउँपालिकामा आ.व २०७६/०७७ मा ३ जना महिला र १३ जना पुरुष गरी १६ जना क्षयरोगका बिरामी पहिचान भएका थिए भने गत आ.व २०७७/०७८ मा यो संख्यामा केहि बृद्धि भएर जम्मा संख्या २४ पुगेको छ । ७ जना महिला र १७ जना पुरुष गरी भीमफेदी गाउँपालिकामा गत आ.व मा क्षयरोगका बिरामी २४ पहिचान भएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक अनुसार राक्सिराङ गाउँपालिकामा आ.व २०७६/०७७ मा ५ जना महिला र १८ जना पुरुष गरी जम्मा २३ जना क्षयरोगका बिरामी पहिचान गरिएको थियो भने गत आ.व २०७७÷०७८ मा ६ जना महिला र १६ जना पुरुष गरी जम्मा २२ जना क्षयरोगका बिरामी परिहचान भएको छ ।
त्यस्तै कैलाश गाउँपालिकामा आ.व २०७६÷०७७ मा ३ जना महिला र ९ जना पुरुष गरी जम्मा १२ जना क्षयरोगका बिरामी पहिचान भएका थिए । गत आ.व २०७७/०७८ मा यो संख्यामा आधा कमि आएर ६ जना पुरुषमा मात्रै क्षयरोगका बिरामी पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
थाहानगरपालिमा पनि अघिल्लो आर्थिक बर्षको तुलनामा गत आ.व मा क्षयरोग पहिचान हुने मानिसहरुको संख्यामा कमि आएको छ । आ.व २०७६÷०७७ मा ९ जना महिला र ८ जना पुरुष गरी जम्मा १७ जना क्षयरोगका बिरामी थिए भने गत आ.व २०७७÷०७८ मा ३ महिला जना र ८ जना पुरुष गरी ११ जना क्षयरोगका बिरामी पहिचान भएको पाइएको छ ।
त्यस्तै जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा आर्थिक बर्ष २०७६÷०७७ मा २ जना पुरुषमा क्षयरोगको पहिचान भएको छ । गत आ.व २०७७÷०७८ मा १ जना महिला र ७ जना पुरुष गरी ८ जना क्षयरोगका बिरामीहरु पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांक छ ।
क्षयरोग विश्वमा प्रमुख जन–स्वास्थ्य समस्याको रुपमा रहिआएको छ । वि.स.२०७० को तथ्यांक अनुसार नेपालमा करिब ६० प्रतिशत वयष्क जनशक्ति क्षयरोगबाट संक्रमित छन् । त्यसमध्ये करिब ८० हजारदेखि ९० हजार मानिस क्षयरोगबाट पीडित छन् र करिब ५ हजारदेखि ७ हजार व्यक्ति प्रति वर्ष क्षयरोगबाट मर्ने गर्छन ।
क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ, खाना, यौनजन्य क्रियाकलापबाट भने सर्दैन । र अर्को कुरा क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन ।
यदि क्षयरोगका किटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ। जस्तैः कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ। क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्ति मध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकशित हुन सक्छ अर्थात रोगका लक्षण देखा पर्दछन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस