• जीवनशैली | Jiwanshaili
  • प्रभावकारी बन्दै : एक बिद्यालय एक नर्स


    हेटौंडा ÷ बागमती प्रदेशमा पछिल्लो समय “एक बिद्यालय एक नर्स” कार्यक्रम निकै प्रभावकारी बन्दै गइरहेको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको समन्वयमा सामुदायिक बिद्यालयहरुमा यो कार्यक्रम सञ्चालन भैरहेका छन् ।

    जसका कारण बिद्यालयमा अध्ययनरत किशोरीहरुको लागि अझै प्रभावकारी बन्दै गइरहेको छ । बिद्यालयमा रजस्वला हुँदाको पिडा देखि साधारण दुखाईको लागि समेत बिद्यालयमा नै उपचार हुने भएपछि बिद्यालयमा बिद्यार्थीको कक्षा नछुट्ने फाइदा भएको बिद्यार्थीहरुले बताउने गरेका छन् ।

    शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, श्रम तथा रोजगार, लैड्डिक समानता तथा सामाजिक समावेशीकरण लगायत समग्र सामाजिक विकासको क्षेत्रमा काम गर्नको लागि सामाजिक विकास मन्त्रालयको स्थापना भएको हो । यसै अन्र्तगत शिक्षा तथा स्वास्थ्य क्षेत्र लगाएत अन्य क्षेत्रहरुमा पनि उत्तिकै उपलब्धी मुलक कार्यहरु गर्दै आएको छ । त्यसमध्ये एक बिद्यालय एक नर्स कार्यक्रम प्रदेशका १३ वटै जिल्लामा प्रधावकारी भूमिका खेल्दै आइरहेको छ ।
    प्रदेशको १ सय १९ स्थानिय तहगरी ३ सय ५९ सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ । बालबालिका तथा किशोर किशोरीहरुलाई स्वास्थ्य शिक्षामा पहँुच पु¥याउनको लागि एक विद्यालय एक नर्स कार्यक्रम ल्याइएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ । यसबाट सामुदायिक विद्यालया स्वास्थ्य सेवा, बाल स्वास्थ्य प्रबद्र्धन, प्रजनन तथा यौन स्वास्थ्य परामर्श सेवा प्रवाह गर्न यो कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको पाइन्छ ।
    त्यती मात्रै होइन प्रदेशमा रहेका नागरिकहरुको लागि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अन्य उल्लेखनिय कार्य समेत गर्दै आइरहेको छ । स्वास्थ्य सेवामा पहुँच बढाउन विमान सिमान्कृत तथा लोपोन्मुख जातिको उच्च बसोबास रहेको १० स्थानीय तहमा अ.न.मी कार्यक्रम संचालन गरिएको छ । अभिभावक विहीन बालबालिकाको संरक्षण गर्न स्थानीय तह मार्फत सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मासिक २ हजार उपलब्ध गराइएको छ । त्यस्तै क्यान्सर पीडितलाई संघीय सरकारबाट प्रदान गरिने सुविधामा प्रदेश सरकारबाट थप ५० हजारको व्यवस्था समेत गरिएको छ । जसका कारण उपचारको लागि थप सहयोग हुने गरेको केही क्यान्सर पिडित व्यक्तीहरुले बताएका छ ।
    स्थानीय तहमा रहेका अस्पताल÷स्वास्थ्यजस्ता भवन निर्माण एवं प्रदेशभित्रका अस्पतालहरुका एम.एस.एस सुधार कार्यक्रम अनुरुप १३ जिल्लाका स्थानीय तहमा रहेका १७ अस्पताल÷स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गरेको छ । जसका कारण सयौं नागरिक स्वास्थ्य क्षेत्रमा लाभान्वित भएका छन् । ३३ वटा सामुदायिक विद्यालयहरूमा विषयगत प्रयोगशाला स्थापना गरेको छ । ७० ओटा सामुदायिक विद्यालयहरूमा इ(लाइब्रेरी तथा स्मार्टबोर्ड सहितको आईसीटी ल्याब स्थापना गरिएको छ । यसका कारण प्रदेशभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षागत अध्ययन सँगै अन्य ज्ञानहरु पनि हाँसिल गर्न थप सहयोग पुग्ने गरेको पाइन्छ । त्यस्तै चालु आर्थिक बर्ष २०७७÷०७८ मा ५० वटा विद्यालयमा विज्ञान प्रयोगशाला र आइसीटी ल्याबको स्थापना गरेर विद्यार्थीहरुको पहँुचमा पु¥याउने कार्य भैरहेको मन्त्रालयले जनाएको छ । यसका साथै ८० वटा सामुदायिक क्याम्पसहरुको भौतिक सुदृढीकरण गर्ने कार्य भैरहेको जनाएको छ । ४० वटा सामुदायिक शैक्षिक क्याम्पस हरु को शैक्षिक गुणस्तर सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ ।
    “बागमती प्रदेशको इच्छा छोरी बुहारीलाई उच्च शिक्षा” कार्यक्रम अन्तर्गत ३ सय ९८ जना छोरी बुहारीलाई उच्चशिक्षा प्रविधि प्रदान गरिएको छ । चालु आर्थिक वर्ष मा ५ सय जनालाई उपलब्ध गराइने कार्यक्रम रहेको समेत मन्त्रालयले जनाएको छ । यसका प्रभावका कारण प्रदेशका छोरीबुहारीको लागि उच्चशिक्षामा थप जोस जाँगर थपिएको र यस कार्यक्रममा सहभागिता जनाउनेको संख्या पनि उल्लेख्य बृद्धि भएको पाइएको छ ।
    बागमती प्रदेश लाई वि.सं २०७८ सम्ममा बालविवाहमुक्त प्रदेश र वि.सं २०८० सम्ममा बालमैत्री स्थानीय तह बनाउन १ सय १९ स्थानीय तहमा बालविवाहविरुद्धको सहजकर्ताहरु नियुक्त गरी अभियान सुरु गरिसकिएको छ । यसैगरी बालमैत्री पालिका घोषणा कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक सहजीकरण समेत गरेको छ । जसको परिणम स्वरुप बागमती प्रदेशकै २ वटा स्थानिय तहहरु बालमैत्री पालिका घोषणा हुन सफल भैसकेका छन् । देशकै पहिलो र दोस्रो बालमैत्री पालिका बागमती प्रदेश अझै त्यसमा पनि मकवानपुर जिल्लामा घोषण हुन सफल भएका हुन् । अझै अन्य स्थानिय निकायहरुमा समेत बालमैत्री पालिका घोषणाको अभियानमा निरन्तर लागिरहेका छन् ।
    सामुदायिक विद्यालयलाई आवासिय विद्यालयको रुपमा सञ्चालन गर्न ५ वटा सामुदायिक विद्यालयहरु चितवन, धादिड्ड, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली छनोट गरी गुरुयोजना तयार गर्ने कार्य सुरु गरिएको छ । त्यस्तै २५ वटा सामुदायिक विद्यालयहरुको लागि विद्यालय बस सेवा अनुदान प्रदान गरिएको छ । यो योजना मार्फत सामुदायिक विद्यालयहरुमा अभिभावक तथा विद्यार्थीहरुको आकर्षण अझ बढेको पाइएको छ । टाढाबाट हिडेर बिद्यालय ओहोर दोहोर गर्नपर्ने विद्यार्थीहरुको समस्या दूर हुन थालेपछि बिद्यार्थीहरु खुसी भएका छन् । बस चढ्न लागि निजी विद्यालयमा मात्रै पाइन्छ भन्ने धारणामा फरक आउन थालेका छ ।
    २० वटा सामुदायिक बिद्यालयहरुलाई प्रदेश स्तरबाट नमूना बिद्यालय विकासका लागि छनौट गरी अनुलदान उपलब्ध गराएको छ । जसमा रामेछाप, दोलखा, धादिड्ड र मकवानपुरमा साझेदारीमा जिल्ला सेवा केन्द्र भवन निर्माणको लागि समेत अनुदान दिइएको छ ।


    क्याटेगोरी : समाचार, स्वास्थ्य शैली

    प्रतिक्रिया दिनुहोस


    थप समाचार