• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ


    काठमाडौँ, २७ फागुन

    नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६ सय रुपैयाँले बढेकाे छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएकाे छ ।


    क्याटेगोरी : बजार शैली

    प्रतिक्रिया दिनुहोस