• जीवनशैली | Jiwanshaili
  • सुनको मूल्य घट्यो


    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो ।   पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ रहेको छ ।                  त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, बजार शैली

    प्रतिक्रिया दिनुहोस