यस्ताे छ तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ ।
अदुवा ५८ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, एभोकाडो २८३ रुपैयाँ, नेपाली सुन्तला १०५ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैया, स्थानीय काउली ३५ रुपैयाँ, कागती १०० रुपैयाँ, किवी १७५ रुपैयाँ, अकबरे खुर्सानी ३१३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।
लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा २० रुपैयाँ ८०, राजमा घिउ सिमी ९६ रुपैयाँ ६७, चम्सुरको साग ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ८६ रुपैयाँ ६७ पैसा, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ २० पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस