यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको मूल्यसूची अनुसार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २९० रूपैयाँ, हरियो अंगुर २१० रूपैयाँ रहेको छ ।अदुवा ५६ रूपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा ३४ रूपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रूपैयाँ ६७ पैसा, अम्बा १३५ रूपैयाँ, एभोकाडो ३२५ रूपैयाँ, नेपाली सुन्तला ११० रुपिया, रातो आलु ५१ रुपैयाँ ३३ पैसा, स्थानीय काउली ३६ रूपैयाँ, कागती १०० रुपैयाँ, किवी २२५ रूपैयाँ, अकबरे खुर्सानी ३२५ रूपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ, गुन्दुक २९० रुपैयाँ, टनेल गोलभेंडा १८ रूपैयाँ ८० पैसा, लोकल घिउ सिमी ७५ रुपैयाँ, चम्सुरको साग ७६ रूपैयाँ ६७ पैसा, कन्य च्याउ ९८ रूपैयाँ, डल्ले च्याउ ३७० रुपैयाँ, तीतो करेला ९६ रूपैयाँ ६७ पैसा, लोकल परवल ६६ रूपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४६ रूपैयाँ ४० पैसा र हरियो धनियाँ ४६ रूपैयाँ ६७ पैसा कायम रहेको समितिले जनाएको छ ।
क्याटेगोरी : ताजा अपडेट, बजार शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस